क्रोएसिया — युरोपियन मुलुक क्रोएसिया पुगेका ११ जना नेपालीलाई निष्कासन गरी फिर्ता पठाइएको छ । भिसामा कैफियत देखिएपछि उनीहरूलाई विमानस्थलबाटै निष्कासन गरी नेपाल फिर्ता पठाइएको हो ।
फिर्ता पठाइनेमा सुनुवार, श्रेष्ठ, राना, चौधरी, लिम्बु, विश्वकर्मा, मगर, कार्की सुब्बा, वली र तामाङ थर गरेका व्यक्तिहरू रहेका छन् । उनीहरूलाई फ्लाई दुबईको विमानबाट बुधबार काठमाडौं फर्काइएको हो ।
उनीहरू कामदार भिसामा गत असार २१ गते क्रोयसियाका लागि उडेका थिए । क्रोयसिया पुगेपछि उनीहरूको भिसामा कैफियत देखिएको थियो ।
‘कामदारका रूपमा क्रोयसिया पुगेका उनीहरूको भिसा नै शंकास्पद् भेटिएको थियो । भिसामै कैफियत देखिएपछि त्यहाँका अधिकारीहरूले उनीहरूमाथि अनुसन्धान गरी चार दिनपछि नेपाल फर्काएको हो,’ उनीहरूको भिसा नै रद्द गरी नेपाल फिर्ता गरेको विभिन्न मिडियाहरूमा उल्लेख गरेको छ ।