पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नेपाली राजदूतावासले धमाधम काम गरिरहेको छ । अप्रिल १६ बाट सुरु भएको राजदुतावास सञ्चालन भएको दुई महिना पूरा भइसकेको छ । दुताबास सुरु भएसँगै विभिन्न आलोचना सहित काम गर्दै आइरहेको दुताबासले निरन्तर सेवाग्राहीहरूलाई सेवा दिइरहेको छ ।
पहिलो पटक स्थापना भएको पोर्चुगलमा दुताबास स्थापना भए लगत्तै केही दिन कर्मचारीहरुलाई काम गर्न असहज भएको महसुस देखिन्थ्यो । युरोपेली मुलुक पोर्चुगलमा करिब ५० देखि ६० हजार नेपालीहरू बसोबास गर्दै आइरहेको ठाउँमा पहिलो पटक स्थापना भएको दुताबासलाई असहज भएको हो ।
नेपाली राजदूतावास लिस्बनले पहिलोपटक आफ्नै दूतावासबाट राहदानी (ई पासपोर्ट) को सेवा सुरु गरेको जुलाई २ तारिख एक महिना पुरा भएको छ ।
जुन २ तारिखबाट (ई पासपोर्ट) राहदानीको सेवा सुचारु गरेको दुताबासले जुलाई २ तारिख एक महिना पूरा गरेको हो । जुन २ तारिखबाट (ई पासपोर्ट) को कार्य सुरु गरेको दुताबासले केही समय पश्चात प्रत्येक शुक्रबार अपोइन्टमेन्ट सिस्टम खुल्ला गरिने व्यवस्था समेत सुरु गरेको थियो ।
युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक दुताबास स्थापना भए लगत्तै ई-पासपोर्टको सेवा सुरु गर्दै आइरहेको दुताबासले पासपोर्ट लगायत अन्य कागजी कामहरूको पनि सेवा दिँदै आइरहेको छ ।
दुताबास सुरु भए लगत्तै सेवाग्राहीहरूको संख्या भिड देखेको दूतावासमा अहिले सेवाग्राहीहरुको संख्या निकै कम देखिँदै आइरहेको छ ।
जुन २ तारिखबाट सञ्चालनमा आएको ई पासपोर्टको सेवा जुलाई २ तारिखसम्म आइपुग्दा अहिलेसम्म राहदानी नवीकरण गर्नेको संख्या ८ सय २ पुगेको छ ।
त्यस्तै नाबालिगहरूको राहदानी बनाउनेहरूको संख्या १६ पुगेको छ । हराएको राहदानी नवीकरण गर्नेहरूमा ४१ जना पुगेको हो । त्यसो त, यात्रा कागजात बनाउनेहरूको संख्या १४ पुगेको छ ।
त्यस्तै दूतावासले विभिन्न प्रकारका राहदानीहरु बनाउँदा लाग्ने दस्तुर समेत सार्वजनिक गरेको छ । राहदानी नवीकरणको लागि १ सय २० युरो, नाबालिगको राहदानीका लगि ६० युरो, हराएको राहदानीको लागि १ सय ८० युरो र यात्रा कागजातहरुको लागि ५० युरो रहेको छ ।
राजुतावासले प्रत्येक हप्ता शुक्रबार साझा ५ बजे ई पासपोर्टको लागि अनलाइन अपोइन्टमेन्ट समेत खुल्ला गरिरहेको छ ।