Home Login

जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पुनः भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पपछि त्यहाँ निरन्तर पराकम्प गइरहेको छ।

अनिल रेग्मी / धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले गैर आवसिय नेपाली नागरिकता वितरण सुरु गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नीलकण्ठ –१४ जन्मस्थान भई हाल संयुक्त अधिराज्य बस्ने गंगा बहादुर बस्नेत र गजुरी २ जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बस्ने लक्ष्मी सेढाई गिरीलाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र दिई सेवाको […]

साइप्रस / प्रकाश बराइली । यहि आउँदो नोभेम्बर १२ तारिक साइप्रसको राजधानी निकोसियाको डाइमण्ड हलमा  बृहत् तिहार बिशेष साङ्गीतिक कार्यक्रम आयोजना भईरहेको छ । एस.एम. इन्टरटेन्मेण्ट र कोष इन्टरप्राइजेजको मुख्य आयोजकमा आयोजना भईरहेको कार्यक्रममा बहुचर्चित नेपाली गायक प्रमोद खरेलको मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुति रहनेछ साथै साइप्रसको स्थानिय नेपाली कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहनेछ । गत […]

एजेन्सी । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले ऊर्जासम्बन्धी ठेक्का प्रकरणमा भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिने मङ्गलबार घोषणा गरेका छन् । “प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शङ्कासँग मेल खाँदैन”, राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग संक्षिप्त कुराकानी पछि आयोजित पत्रकार सम्मेलनमा कोस्टाले भन्नुभयो, “यस्तो अवस्थामा मैले गणतन्त्रका राष्ट्रपति समक्ष राजीनामा बुझाएको छु ।” यसअघि मङ्गलबार पोर्चुगाली सञ्चारमाध्यमले अनुसन्धान […]

काठमाडौं । तिहार आउन अब केही दिनमात्र बाँकी छ । तिहारको प्रमुख दिन भाइटीकाको शुभ साइत नेपालमा कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेट रहेको छ । विदेशमा भने फरक–फरक समयमा उत्तम साइत परेको छ । विदेशमा रहेकाहरूलाई लक्षित गरेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भाइटीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।  कुन देशमा कहिले ?

पोर्चुगल । पत्रकार जनक बरालले गैरआवासीय नेपाली नगरिकता प्राप्त गरेका छन् । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको हातबाट सोमबार उनले नागरिकता प्राप्त गरेको बरालले जानकारी दिनु भयो ।           गैरआवासीय नेपाली नगरिकता जनक बराल केही साता मात्र गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशन सम्पन्न भएको थियो । […]

जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ।  बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ रेक्टर स्केल र बिहान ४:५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

काठमाडौं । नेपाल १० वर्ष पछि टी – २० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्सलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी – २० विश्वकपमा छनोट भएको हो । यस अघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी – २० विश्वकप […]

धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धादिङ आउने भएको छन् । त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा आज  देखि सुरु हुने प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष ओली आउने भएको हुन । हामी सवैको कृषि तथा बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला […]

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ। खेल बिहान–११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ ।  विजेता टोली २०२४ को टी–२० विश्वकप खेल्न पाउनेछ। नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन्।  बिहीबार ओमानसँग ५ रनले पराजित भएपछि यूएईसँग नेपालको भेट पक्का भएको हो। नेपाल समूह ए […]