गायिका रेसुको पारिजात सार्बजनिक (भिडियो सहित)

युरोप । सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यस्तै क्रममा लामो समय देखि बहराइनमा कर्मथलो बनाएर बसोबास गर्दै आएकी गायिका रेसु स्याघदानले नयाँ गीत ‘पारिजात’ सार्बजनिक गरेकी छिन् भने साथमा उनीलाई गायक सुरेश लामाले साथ दिएको छन् ।

नबिन कार्कीको संगीत र किरण के उप्रेतीको शब्द रहेको गीतमा निकेश खड्काले भिडियोको निर्देशन गरेका छन् । बिगत लामो समय देखि बहराइन बस्दै आए पनि गीत संगीतमा एउटा अलगै पहिचान बनाउन सफल गायिका बहराइनमा हुने हरेक सांगीतिक कार्यक्रममा उहाँको विशेष प्रस्तुति रहदै आएको छ ।

अहिलेको युवाहरु को लोक प्रिय र सबैको रोजाइमा पर्ने गायिका समेत रहेकी छिन् । भिडियोमा अहिलेको नेपाली चकलेटी हिरो आकाश श्रेष्ठ र करुणा श्रेष्ठले अभिनय गरेको छन् । म्युजिक भिडियोलाई उत्तम हुमागनले छायांकन गरेका छन् । भिडियोलाई सम्पादन तथा कलर बिकाश धमलाले गरेका छन् । भिडियो RS Music Official युटुव च्यानलबाट बजारमा आएको छ ।

गीतले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्न तलको Link खोलेर हेर्नुहोला :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *