चर्चित र्‍यापर भिटेन र कथा बाचक साग्रेस पोख्रेल साईप्रसमा : मार्च ३

साइप्रस/ प्रकाश बराइली ।समिर घिसिङ (भिटेन) को “युरोप टुर २०२४” को सिलसिलामा साइप्रसको विभिन्न क्षेत्रमा आबद्ध रहेर काम गरिरहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, अध्ययनरत विद्यार्थीहरु, बुद्धिजीवीहरु लगायत समस्त नेपाली जनसमुदायलाई मनोरञ्जन प्रदान गर्दै नेपाली जनसमुदायमा आत्मीयता तथा भाईचारा बढाउने उदेश्यका साथ युवा पिढी माझ चर्चित नेपाली कलाकार समिर घिसिङ (भिटेन), कथा वाचक साइग्रेस साथै स्थानिय कलाकारहरुको प्रस्तुती, विभिन्न नेपाली मौलिक तथा सास्कृतिक कार्यक्रम साइप्रसको लिमासोलमा आयोजना भईरहेको छ ।

भिटेनको युरोप टुर अन्तर्गत फेब्रुअरी ११ मा पोर्चुगल र फेब्रुअरी १३ मा फ्रान्समा उनले आफ्नो कार्यक्रम सकिसकेको छन् । अब उनको फेब्रुअरी १७ मा फिनल्यान्ड, फेब्रुअरी २१ पोल्यान्ड, फेब्रुअरी २३ माल्टा, मार्च १० मा बेल्जियम मा कार्यक्रम आयोजना भईरहेको छ भने, लाखे क्रीएसन साइप्रसको आयोजनामा यहिँ मिति मार्च ३, २०२४ आइतबारका दिन  साईप्रसमा रहेको सर्वोत्कृष्ट भेन्युमा पर्ने लिमासोलको नोटस् लाईभ (NOTES LIVE) भेन्युमा कार्यक्रम हुने आयोजक टिमले जानकारी दिएको छ ।

चर्चित र्‍यापर भिटेन र कथा बाचक साग्रेस पोख्रेल मार्च ३ साईप्रसमा एउटै स्टेजमा देखिने भएका छ्न । लाखे क्रीएसनले गर्न लागेको कार्यक्रममा आउन लगेका हुन ।

भिटेन यो कार्यक्रममा साईप्रस पहिलो पट्क आउन लागेका हुन भने पोख्रेल दोस्रो पटक आउन लागेका हुन ।

मानिसको जीवनमा गास बास र कपास जति अपरिहार्य छ, त्यति नै मनोरञ्जनले पनि मानिसको दैनिकिलाई सहज र उत्साहपुर्ण बनाउछ भन्ने उदेश्यका साथ,  साइप्रसको जीवनशैली, हरेकदिनको काम र अनेकौ तनाबहरुको दैनिकीबाट यस्ता मनोरञ्जनात्मक कार्यक्रमहरुले केहि हद सम्म भए पनि राहत दिदै नेपाली नेपाली बिच भेटघाट गराई एकअर्कामा आत्मीयता बढाउनेछ भन्ने आशाका साथ स्थापना भएर साइप्रसको नेपाली समाजको दु:खसुखमा एकजुट भएर अगाडी बढ्न कम्मर कसेको “लाखे क्रीएसन” ले सम्पुर्ण साइप्रसवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, विद्यार्थीं भाईबहिनिहरु, संघ संस्थाहरु, बुद्धिजीवीहरु, अग्रज महानुभाबहरु लगायत आम नेपाली समुदायलाई मार्च ३ आइतबार हुन गईरहेको कार्यक्रममा उपस्थित हुनको लागी अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *