तमाड्ड समाज पोर्तुगल द्वारा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

                तस्वीर : नवराज दुवाडी / युरोपाटी

पोर्तुगल । सोनाम ल्होसारको अवसरमा तमाड्ड समाज पोर्तुगलले हिजो लिस्वनमा भव्यताका साथ ल्होसार पर्व मनाएको छ । मज्जुश्री सम्बत २८६० औँ ड्रुक /मु पुख्री ल्होको अवसरमा समाजले एक शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

तामाड्ड समूदायका धर्मगुरु (लामा) ले महानपर्वको शूरुवातमा विधिपुर्वक जल तथा प्रसाद वितरण गरेका थिए ।

तामाङ समुदायको सामाजिक सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होसार परम्पराको विशिष्ट स्थान छ । यो समुदायमा भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा सहित शुभकामना आदान-प्रदान गरी यो पर्व मनाउने चलन छ । ल्होसारलाई नयाँ वर्षका रूपमा लिइन्छ। मञ्जुश्री पात्रो अनुसार २८६० औँ वर्ष शुरु भएको छ। खरायो वर्ष पूरा गरी ड्रुक वर्ष प्रवेश भएको छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। यो पर्व तामाङसहित ह्योल्मो, थकाली, जिरेल, भोटे, दुरा, लेप्चा लगायतले आ(आफ्नो परम्परा अनुसार मनाउँछन् ।

कार्यक्रममा नेपाली अवैतानिक महावाणिज्य दुत मकर बहादुर हमालले विदेशमा रहेर पनि आफ्नो कला संस्कृतिको प्रर्वदनमा तमाड्ड समाजले खेलको भुमिका प्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रमको भव्य सफलताको शुभकामना दिएका थिए । त्यस्तै गैरआवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष उमेश खड्का लगाएत पोर्तुगलमा सक्रिय विभिन्न वैचारिक क्षेत्रिय तथा जातिय समुदायका प्रतिनिधिहरुले कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रमको समापन पछि चर्चित तथा लोकप्रिय कलाकारहरु विजय लमा, रोज मोक्तन, विरेन्द्र गुरुड्ड लगाएत स्थानीय कालकारहरुले आफ्नो उत्कृष्ट सिर्जनाहरुको साथमा प्रस्तुती दिएका थिए । समाजले आयोजना गरेको कार्यक्रममा तामाङ समुदायको भेसभुसा, रहनसहन र खानाका परिकारसहित परम्परागत पोसाकमा सजिएका युवायुवतीले डम्फु र टुङ्नाको धुनमा नृत्य प्रस्तुत गरेका थिए । बेलुका करिब ११ बजेसम्म चलेको कार्यक्रममा तामाड्ड समूदाय मात्र नभइ लिस्वनमा रहको अन्य समूदायका व्यक्तिहरुले पनि सक्रियता पुर्वक कार्यक्रममा सहभागीता जनाएका थिए ।

कार्यक्रममा तमाड्ड समाज पोर्तुगलका अध्यक्ष गोपाल योन्जनले हामी नेपालीहरु जहाँ रहे पनि आफ्नो भाषा, संस्कृति, चाडपर्वको उत्थान सम्बर्धनका लागि लागिरहेको र त्यसैको एउटा उदाहरण तामाड्ड समाजको यस कार्यक्रम रहेको पनि बताए ।

साथै उनले पोर्तुगलमा विभिन्न समयमा विभिन्न समस्यामा परेकाहरुलाई सहयोग र उद्घार गरिरहेको र हालसालै सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी सुस्मिता मोक्तनको उपचार तथा कानुनी लडाइको लागि आम नेपाली समूदायले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै थप सहयोगको अपेक्षा गरेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *