Home Login

हाम्रो हालको फेसबुक रिल्स

पाँचथर समाज सेवा यूकेद्वारा आयोजित १२ औं पाँचथर कप बीवाईएनसीले जितेको छ ।  लन्डनको हन्स्लोस्थित क्रानफोर्ड कम्युनिटी स्पोर्ट्स कलेज सेन्टरमा शनिबार ३ मेमा भएको पाँचथर कप नाइन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेलमा क्यूजी सिग्नल्सलाई ० – १ गोलले पराजित गर्दै बीवाईएनसीले उपाधि हात पारेको हो । उक्त मेन टिममा बीवाईएनसीका राहुल लिम्बुले अत्यधिक स्कोर […]

इजरायल — संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले माल्टाको अन्तर्राष्ट्रिय जल क्षेत्रमा गाजा जाने मानवीय सहायता जहाजमा भएको रिपोर्ट गरिएको ड्रोन आक्रमणको स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेको छ । इजरायललाई गाजामा लामो समयदेखिको नाकाबन्दी हटाउन आह्वान समेत गरेको छ । फ्रिडम फ्लोटिला गठबन्धनद्वारा आयोजित र कन्साइन्स नामक जहाजलाई शुक्रबार बिहान गाजामा मानवीय आपूर्ति बोकेर जाँदा ड्रोनद्वारा […]

माल्टा — युरोपेली मुलुक माल्टामा आइतबार बिहान मार्सामा मोटरसाइकल दुर्घटनामा परी ४३ वर्षीय नेपाली एक पुरुष अस्पतालमा भर्ना भएका छन् । सम्बन्धित निकायबाट जानकारी प्राप्त भए अनुसार उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ । माल्टाको मसिडामा बस्ने ती व्यक्ति दिउँसो २:३० बजे ट्रिक डिकेम्ब्रु टेलट्याक्समा किम्को मोटरसाइकल अनियन्त्रित हुन पुगेपछि पोलमा ठोकिन पुगेको प्रहरीले […]

बेलायत — बेलायती डायष्पोराकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपटक चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) सहभागी हुने भएकी छन् । गोर्खा कपको २३औँ संस्करणमा खेलाडी साम्बा आउने भएको आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जनाए । अर्की चर्चित खेलाडी प्रिती राईलाई समेत ल्याउने तयारी भइरहेपनि उनको अन्तरराष्ट्रिय खेलका कारण व्यस्त भएर पक्का भइनसकेको […]

शेरबहादुर परियार (पोल्यान्ड) नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव रमेश खतिवडाको प्रमुख आतिथ्यमा जुम अनलाइन प्रविधिमार्फत युरोप शाखाले कार्यक्रम गरेको हो । सचिव खतिवडाले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै युरोप शाखाले यस्ता कार्यक्रम नियमित गर्दे आएकोमा खुसी […]

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । काठमाडौंमा जारी महाधिवेशनको दोस्रो दिन निर्वाचन समितिले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरेको हो । जापानमा व्यवसाय गर्दै आएका श्रेष्ठ लामो समयदेखि एनआरएन अभियानमा आवद्ध छन् । प्रमुख निर्वाचन आयुक्त वरिष्ठ […]