Home Login
युरोप

पत्रकार महासंघ युरोपले मनायो विश्व प्रेस स्वतन्त्रता दिवस

शेरबहादुर परियार (पोल्यान्ड)

नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव रमेश खतिवडाको प्रमुख आतिथ्यमा जुम अनलाइन प्रविधिमार्फत युरोप शाखाले कार्यक्रम गरेको हो । सचिव खतिवडाले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै युरोप शाखाले यस्ता कार्यक्रम नियमित गर्दे आएकोमा खुसी व्यक्त गरे । नेपालका श्रमजीवी पत्रकारहरूका लागि अघिल्लो वर्षको तुलनामा यो वर्ष जोखिमपूर्ण देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

त्यस्तै केन्द्रीय सचिव शोनी शर्मा र कोषाध्यक्ष रामकृष्ण अधिकारीले हालका दिनमा नेपालमा प्रेस स्वतन्त्रता विविध रूपका चुनौतीहरूसँग जुझिरहेको अवस्थामा महासंघका बैदेशिक शाखाहरूको केन्द्रसँग अझ समन्वयको आवश्यक रहेको बताए ।

अध्यक्ष केजिन राईको अध्यक्षता तथा महासचिव शेरबहादुर परियारले सञ्चालन गरेको कार्यक्रममा युरोप शाखाका पत्रकारहरुको उपस्थित रहेको थियो ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका संरक्षक पञ्चम अधिकारी समेत बेल्जियमबाट कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा उपाध्यक्ष राजकुमार थापाले स्वागत मन्तव्य राखेका थिए 

विश्व प्रेस स्वतन्त्रता दिवस हिजो विश्व भर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरे अनुसार हिजोको दिनलाई स्मरणसहित दिवसको रुपमा मनाउन थालिएको हो ।

युनेस्कोले यस वर्षका लागि ‘एआई (कृत्रिम बौद्धिकता) लाई सामाजिक एजेण्डाका रुपमा राख्ने समय’ भन्ने नारा तय गरेको छ ।

Leave a Reply