Home Login
प्रवास

माल्टामा मोटरसाइकल दुर्घटनामा परी ४३ वर्षीय एक नेपाली अस्पतालमा भर्ना

माल्टा — युरोपेली मुलुक माल्टामा आइतबार बिहान मार्सामा मोटरसाइकल दुर्घटनामा परी ४३ वर्षीय नेपाली एक पुरुष अस्पतालमा भर्ना भएका छन् । सम्बन्धित निकायबाट जानकारी प्राप्त भए अनुसार उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

माल्टाको मसिडामा बस्ने ती व्यक्ति दिउँसो २:३० बजे ट्रिक डिकेम्ब्रु टेलट्याक्समा किम्को मोटरसाइकल अनियन्त्रित हुन पुगेपछि पोलमा ठोकिन पुगेको प्रहरीले बताएको छ ।

घटनास्थलमा पुगेका प्रहरीले उनलाई एम्बुलेन्सद्वारा माटर देई अस्पताल पुर्‍याइएको बताइएको हो । घटनास्थलमा पुगेका प्रहरीले घटनाको विवरण तथ्य सत्य बाहिर निकाल्नको लागि अनुसन्धान भइरहेको बताइएको छ ।

माल्टाबाट प्रकाशित हुने अनलाइन मिडिया लभिन माल्टाले सार्वजनिक गरेको रिपोर्ट अनुसार, उक्त दुर्घटनामा पर्ने ४३ वर्षीय नेपाली पुरुषको नाम र नेपाल घर सार्वजनिक गरेको छैन ।

Leave a Reply