Home Login
संघ-संस्था

तमु समाज साइप्रसको पाँचौं अधिवेशन सम्पन्न

साइप्रस — युरोपेली मुलुक साइप्रसमा सन् २०१६ मा स्थापना भएको तमु समाज साइप्रसले पाँचौं अधिवेशन सम्पन्न गरेको छ ।

शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउँछ भन्ने मूल नाराका साथ स्थापना भएको तमु समाज साइप्रसले पाँचौं अधिवेशन जुन ८ तारिख सम्पन्न गरेको हो ।

साइप्रसमा स्थापना कालदेखि नै सक्रिय रहिरहेको संस्था तमु समाज साइप्रसले विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ ।

साइप्रसको प्रमुख सहर लिमासोलमा जुन ८ तारिख सम्पन्न भएको पाँचौं अधिवेशनबाट सुनिता गुरुङको अध्यक्षतामा बिभिन्न पधाधिकारीहरु निर्बिरोध चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा हेमा गुरुङ, महासचिवमा आयुष्मा गुरुङ, सचिवमा किसान गुरुङ, सह-सचिवमा निरज गुरुङ, कोषाध्यक्षमा उमा गुरुङ र सहकोषाध्यक्षमा अमृता गुरुङ निर्बिरोध चयन भएका हुन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा बिध्या घले, नितु गुरूङ, सोनि गुरुङ, गाउकाशी गुरुङ, माया गुरुङ, निशा गुरुङ, अर्जुन गुरुङ, धना गुरुङ, निम्कला गुरुङ, अनु गुरुङ, निशा गुरुङ, मन्दानि गुरुङ, बुनु गुरुङ, आशा गुरुङ, सर्मिला घले, शोभा गुरुङ, रेशिका गुरुङ, जानुका गुरुङ, टीका गुरुङ, नानी गुरुङ, रंगिना गुरुङ, मनसुन गुरुङ, शोभा गुरुङ, माया गुरुङ, आशिष् गुरुङ, नन्द गुरुङ, प्रेम कुमार गुरुङ, कृपा गुरुङ, सीता गुरुङ, अन्जु गुरुङ , अमृता गुरुङ, सुनिता गुरुङ, मुस्कान गुरुङ, सपना गुरुङ, भगवती गुरुङ, प्रिति गुरुङ र मुना गुरुङ निर्बिरोध चयन भएका छन् ।

निबर्तमान अध्यक्ष बाल काशी गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेत्र गुरुङ र सल्लाहकार रविना गुरुङ उपस्थिति हुनुभएको थियो ।

चौथो अधिवेशनबाट महासचिवमा निर्वाचित भएकी आयुष्मा गुरुङ पाँचौं अधिवेशनबाट पनि महासचिव पदमा पुनः निर्वाचित भएकी हुन् ।

पाँचौं अधिवेशनबाट तमु समाज साइप्रसले साँस्कृतिक बिभागमा धनु गुरुङ, सिमा गुरुङ, राधिका गुरुङ र संगिता गुरुङ निर्वाचित भएका छन् ।

संस्थाको संस्थापक संरक्षक बालाकाशी गुरुङ र लक्ष्मी गुरुङ रहेका हुन् भने प्रमुख सल्लाहकारमा रबिना गुरुङ रहेका छन् । त्यसै सल्लाहकारहरूमा देबेन गुरुङ, जमुना गुरुङ, मन्जु गुरूङ र पुष्पाराज गुरूङ चयन भएका छन् ।

पाँचौं अधिवेशनलाई महासचिव आयुष्मा गुरुङले सञ्चालन गरेकी हुन् भने कार्यक्रममा शुभकामना मन्तव्य धनु गुरुङले दिएकी हुन् ।


( तस्बिरहरू तमु समाज साइप्रसको सामाजिक सञ्जाल फेसबुकबाट )

Leave a Reply