
लिस्वन । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती पोर्चुगलमा आगामी जेठ १० गते धुमधामका साथ मनाउन लागिएको छ । यहाँस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको आयोजनामा सो कार्यक्रम गर्न लागिएको हो । मंगलबार अवैतनिक नेपाली महाबाणिज्य दूत मकर बहादुर हमालको संयोजकत्वमा बसेको बैठकले यसपटक विशेष कार्यक्रम गरी बुद्धजयन्ती मनाउने निर्णय गरेको छ […]