भोलि सोमबार ‘बायोम्याट्रिक’ गर्न आउने बारेको जानकारी

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आजबाट काम सुरु गरेको छ ।

आजबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो ।

२५ तारिख भोलि अर्थात सोमबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, 1150-203, Lisboa मा उपस्थित हुनका लागि निम्न आवेदकहरुलाई हार्दिक अनुरोध गरिएको छ ।बायोम्याट्रिक विहान ८ देखि साँझ ६ बजेसम्म चल्नेछ ।

भोलिको लागि नामावली सार्वजनिक भएका आवेदकबाहेक अन्य महानुभावहरुलाई ‘इन्रोलमेन्ट सेन्टर’ मा उपस्थित नहुन समेत अवैतनिक नेपाली महाबाणिज्यदुतले अनुरोध समेत गरेको छ ।

राहदानी नविकरणका लागि सक्कल राहदानी र नागरिकता आवश्यक पर्नेछ भने हराएको हकमा सक्कल नागरिकता, हराएको राहदानीको प्रतिलिपी तथा प्रहरी ‘रिपोर्ट’ अनिवार्य रुपमा साथमा ल्याउनुपर्नेछ ।

यस्तै नागरिकता हराएको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित अभिलेख साथमा ल्याउनुपर्नेछ ।

बालबालिकाको नयाँ राहदानी बनाउनुपरेमा जन्मदर्ता, बाबुआमाको विवाह दर्तासँगै उनिहरुको नागरिकता र राहदानीको प्रतिलिपीको साथमा ‘कन्सुलेट कार्ड’ अनिवार्य ल्याउनुपर्नेछ भने नविकरणको हकमा नाबालक परिचयपत्रसँगै बच्चाको राहदानी, जन्मदर्ता, बाबुआमाको विवाह दर्ता र नागरिकताका कागजातहरु आवश्यक पर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *