महाबाणिज्य दूतावासको आयोजनामा बुद्धजयन्ती मनाइने

लिस्वन । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती पोर्चुगलमा आगामी जेठ १० गते धुमधामका साथ मनाउन लागिएको छ । यहाँस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको आयोजनामा सो कार्यक्रम गर्न लागिएको हो ।

मंगलबार अवैतनिक नेपाली महाबाणिज्य दूत मकर बहादुर हमालको संयोजकत्वमा बसेको बैठकले यसपटक विशेष कार्यक्रम गरी बुद्धजयन्ती मनाउने निर्णय गरेको छ ।

बैठकले मुख्य आयोजकमा महाबाणिज्य दूतावास र यहाँस्थित जनजाति महासंघ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् र नेप्लिज वोमन एशोसिएशनलाई सह–आयोजक रहने गरि निर्णय गरेको छ । यस्तै पोर्चुगलमा रहने सबै संघ संस्था, बैचारिक संघ संगठन सबै सदस्य रहने गरी मूल आयोजक समिति गठन भएको बताइएको छ ।

बैठकले बुद्धजयन्तीको दिन पूजा व्यवस्थानका लागि जनजाति महासंघलाई जिम्मा दिएको छ भने प्रचार प्रसारका लागि एनआरएनए पोर्चुगलका आइसिसी सदस्य समेत रहेका संचारकर्मी राजकुमार थापालाई तोकेको छ । यस्तै कार्यक्रमलाई भव्य र सभ्य बनाउका लागि जनपरिचालनको जिम्मा सबै बैचारिक संगठनहरुलाई दिएको छ । उता साँस्कृतिक, भेषभूषा लगायतको जिम्मा भने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले पाएको छ । बैठकले फलफूल एवं पानी व्यवस्थापनको जिम्मा नेप्लिज वोमन एशोसिएशनलाई दिएको छ ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले ‘त्रि–संयोग दिवस’ का नामले महत्वपूर्ण दिनका रूपमा पनि लिने गरेका छन् । यसैले पनि सो दिन प्रासा दि कमर्सियलबाट ¥याली सुरु भई रोसियोको भित्री सडक र रेष्टुरादोरेस हुँदै मार्टिममुनिजमा आएर कोणसभामा परिणत कार्यतालिका रहेको महाबाणिज्य दूतावासले जनाएको छ ।

विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा भगवान गौतम बुद्धलाई चिनिएको भन्दै महाबाणिज्यदूत मकर बहादुर हमालले हामीले बुद्ध नेपालमा जन्मिएको सत्यलाई विदेशीमाझ छर्लङ्ग पार्नुपर्नेमा जोड दिनुभयो । ‘बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभएको छ । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ ।’ उहाँले भन्नुभयो, ‘यो नै नेपाल र हामी नेपालीको पहिचान हो ।

                   आज बसेको बैठकको तस्बिर

उहाँले कार्यक्रममा सहभागि भएर सहयोग गर्न सबै नेपाली समुदायमा आग्रह गर्नुभएको छ । यस्तै आदिवासी जनजाति महासंघका उपाध्यक्ष सोनम योञ्जन लामाले पनि गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको बताउनुभयो । उता एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले पनि बुद्ध राष्ट्रिय विभूती भएकोले कार्यक्रम सफल बनाउन सबैको उत्तिकै भूमिका रहेको जोड दिए ।

बैठकमा सहभागिहरुले ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्दै यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्तीमा विश्व शान्तिको कामना गर्दै धुमधामका साथ मनाउनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *