अवैतनिक नेपाली महाबाणिज्य दूतावासबाट विज्ञप्ति सार्वजनिक

पोर्चुगल । अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय बाट एउटा सूचना प्राप्त भएको छ। जुन सुचना हालै पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आइतबारबाट काम सुरु गरेको हो ।

भोलि बिहीबार ‘बायोम्याट्रिक’ गर्न आउने बारेको क-कस्तो हो भन्ने बारे अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालयले भखरै एउटा विज्ञप्ति सार्वजनिक गरेको छ ।

विज्ञप्ति हेर्नुहोला । यही मार्च २४ देखि ३१ सम्म लिस्वनस्थित Rua Jose Estevao, N. 44A, 1150-203, Lisboa मा राहदानी आवेदन संकलन भइरहेको व्यहोरा विदितै छ । सोही क्रममा २०२३ मा म्याद सकिएर राहदानी बनाउन नसकेका (आवेदन फारम भरेका/नभरेका) सम्पूर्ण सेवाग्राहीको मिति २०८०/१२/१५ गतेका दिन ‘लाइभ इन्रोलमेन्ट’ गरिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । साथै २०२३ मा म्याद सकिएका सेवाग्राहीपछि २९ फेब्रुअरी २०२४ सम्म राहदानीको म्याद सकिएकाहरुलाई प्राथमिकता दिइने र सोको नामावली भोली बिहान १० बजेभित्र अवैतनिक नेपाली महाबाणिज्य दूतावासको फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *