Home Login

हाम्रो हालको फेसबुक रिल्स

काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्यमा तथा नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा आज वैशाख १२ गते राजधानीको होटल हिल्टनमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय […]

वैशाख ११, काठमाडौँ — काठमाडौँ जेसीजले आयोजना गरेको वार्षिक पात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौँ जेसिजको सभाहल, तिनकुनेमा सम्पन्न भएको हो। सो अवसरमा काठमाडौँ जेसीजका अध्यक्ष श्याम कुमार घिमिरे, काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष तथा काठमाडौँ जेसीजका पूर्व अध्यक्ष बिमल कुमार होडा, समाजसेवी तथा काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद […]

काठमाण्डौ । नव वर्ष २०८२ को अवसरमा ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाको संयुक्त आयोजनामा आयोजित विशेष कार्यक्रममा अग्रज प्रवासी नेपाली सेफहरूलाई “ग्लोबल स्टार अवार्ड” बाट सम्मानित गरिएको छ। नेपाली पाककला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान तथा सम्मानका लागि आयोजित उक्त कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत नेपाली सेफहरूलाई सम्मान गरियो। सम्मानित हुने सेफहरूमा क्यानडामा रहेका सेफ ज्ञानेन्द्र बञ्जारा […]

काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्ने भएकी छिन् । युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरुबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उदेश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो । उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरुको अध्ययन भ्रमण […]

(‘डिम्यान’सँग प्रधानमन्त्री केपी शर्मा ओलीले भनेः डिजिटल मिडिया जिम्मेवार बनुन् , सरकार नियन्त्रण गर्ने मुडमा छैन) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल मिडियाले समाजमा सकारात्मक सन्देश दिनु पर्ने बताएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) सँग प्रधानमन्त्री ओलीले नागरिकका पहुँचमा भएका नयाँ मिडियाहरुमा नकारात्मक सन्देश प्रभाव हुनु दुखद […]

काठमाडौ —  घोरिवाला मार्टले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष एनिभर्सरी अफर योजना ल्याएको छ । यस योजना अन्तर्गत मार्च २८ तारिख देखि घोरिवाला मार्टबाट सामानहरू खरिद गर्दा ग्राहकले ७० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । विगत साढे चार दशक देखि नेपाली हस्पिलिटी क्षेत्रमा सेवा दिँदै आएको घोरिवाला मार्टले बालकुमारी र रातोपुलबाट- ओशन ग्लासवेयर, रोयल […]

काठमाडौं । यस वर्षको सुरुमा चीनले लागूऔषध सम्बन्धी आरोपमा चार क्यानेडियालीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो। क्यानेडाली अधिकारीहरूले यो खबरको पुष्टि गरेका छन्। ती सबैसँग दोहोरो नागरिकता थियो र उनीहरूको परिवारको अनुरोधमा उनीहरूको पहिचान गोप्य राखिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताइन्। विदेशमन्त्रीले यसलाई आधारभूत मानवीय मर्यादाको अपमानको रूपमा निन्दा गरिन् र थपिन् कि उनले […]

काठमाडौं । नेकपा एमाले अन्तर्गत रहेको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (नेकोस), उपत्यका विशेष प्रदेश कमिटी तथा राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ – नेकोस द्वारा आयोजित १ vs १ नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । उक्त प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित सेमि कभर्डहलमा भएको हो । उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष तथा नेपाल शिन […]

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौं फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उनलाई स्वागत गरेका थिए । पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो । राप्रपासहित […]

ललितपुर, फाल्गुण २५ – ललितपुरको ढोलाहिटीस्थित अनल ज्योति स्कूलले आफ्नो वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्राङ्गणमा फाल्गुण २४ गते शनिबार आयोजित उक्त कार्यक्रम विद्यालयकी प्रिन्सिपल जीत कुमारी रानाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रगानका रचनाकार  प्रदीपकुमार राई  ‘व्याकुल माइला’ हुनुहुन्थ्यो। साथै, समाजसेवी प्रियकुमार नेम्वाङ, वरिष्ठ पत्रकार एवं साहित्यकार सरोज […]