Home Login

स्पेन — विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको पछिल्लो वरीयतामा स्पेन शीर्ष स्थानमा उक्लिएको छ भने विश्व विजेता अर्जेन्टिना दुई स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ । यता, नेपाल भने आफ्नो पुरानै स्थानमा यथावत रहेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७६ औं स्थानमा कायम छ । दक्षिण एसियाली […]

पोर्चुगल — पोर्चुगलका विश्वप्रसिद्ध र सफल फुटबल प्रशिक्षक जोसे मोरिन्हो आफ्नो पुरानो क्लब एसएल बेन्फिकामा मुख्य प्रशिक्षकको रूपमा फर्किएका छन् । क्लबले बुधवार एक विशेष कार्यक्रम मार्फत मोरिन्होलाई २०२७ को अन्त्यसम्मका लागि क्लबमा अनुबन्ध गरेको आधिकारिक घोषणा गरेको हो । ‘द स्पेशल वन’ का रूपमा परिचित मोरिन्होको यो पुनरागमनलाई पोर्चुगिज फुटबल र विश्वभरका फुटबल प्रशंसकहरूले […]

पोर्चुगल —  तमु समाज पोर्चुगलद्वारा आयोजित सातौं संस्करणको तमु कप–२०२५ मा ‘धरन सिटी एफसी पोर्चुगल’ले आफ्नो प्रभुत्व जमाउँदै ओपन र भेट्रान दुवै उपाधि जितेको छ । आइतबार, अगस्ट ३१ तारिखका दिन लिस्बनस्थित भिटोरिया क्लब डि लिसोब्वाको खेल मैदानमा सम्पन्न भएको उक्त प्रतियोगितामा धरान सिटीले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो उपाधि उचालेको हो । ७ ए साइड […]

कतार — नाइनस्टार फुटबल क्लब दोहाको आयोजनामा भएको नकआउट फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा आयोजक सेतो, सालिक तलाबात, न्यु स्टार र सिएफसी ब्लु क्लब विजयी भएका छन् । शुक्रबार भएको पहिलो खेलमा आयोजक नाइन स्टार एफसी सेतोले सुनसरी एफसीलाई २/० गोलले हराएको छ । आयोजकको जितका लागि पारस तामाङ र विशाल गुरुङले एक एक […]

पोर्चुगल — तमु समाज पोर्चुगलले आयोजना गर्ने सात औं तमु कप–२०२५ आगामी ३१ अगष्टमा हुने भएको छ । लिस्बनस्थित भिटोरिया क्लब डि लिसोब्वा हुने उक्त प्रतियोगितामा ७ ए साइड ओपन विजेताले ५ हजार १ सय युरो सहित ट्रफी र मेडल पाउनेछन् । विजेतालाई दिइने पुरस्कार राशी अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको हो । त्यस्तै उपविजेताले २ […]

साउदी अरेबिया (रियाद) — पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अद्भूत करियरमा अर्को ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन् । उनी व्यावसायिक फुटबलको इतिहासमा चार फरक क्लब र आफ्नो राष्ट्रिय टोलीका लागि १ सय भन्दा बढी गोल गर्ने पहिलो र एकमात्र खेलाडी बन्न सफल भएका छन् । साउदी प्रो लिगमा अल-नासरका लागि खेल्दै उनले यो दुर्लभ […]

अल इत्तिहादलाई २-१ ले हराउँदै अल नासरले अन्तिम दुईको यात्रा पक्का गरेको छ । हङकङ स्टेडियममा भएको खेलमा लामो समय १० खेलाडीमा सीमित रहँदा पनि अल नासरले शानदार प्रदर्शन गर्‍यो । खेलको सुरुवात नै रोमाञ्चक रह्यो । १० औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासरलाई अग्रता दिलाए । तर मात्र ५ मिनेटपछि स्टेभेन बर्गविनले […]

पोर्चुगल (लिस्बन) — पोर्चुगिज प्राइमइरा लिगको दोस्रो चरणको खेलमा डिफेन्डिङ च्याम्पियन स्पोर्टिङ सीपीले घरेलु मैदानमा अरोकामाथि ६-० को सानदार जित दर्ता गरेको छ । यो प्रभावशाली जितसँगै स्पोर्टिङले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा स्पोर्टिङले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । टोलीको […]

ओस्लो, नर्वे — नर्वेमा बसोबास गर्ने नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एउटै मैदानमा उतार्ने उद्देश्यले आयोजना गरिएको “ओएनएफ टि-१० रनिङ शिल्ड क्रिकेट २०२५” प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । आइतबार ओस्लोस्थित Kringsjå खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा हिमालयन भाइकिङ्सलाई पराजित गर्दै जेएसएस नर्वेले यस वर्षको प्रतिष्ठित उपाधि चुम्न सफल भएको हो । प्रतियोगिताको शुभारम्भ बिहान ८ […]

रियाद, साउदी अरेबिया — साउदी प्रो लिगको क्लब अल नासरले स्पेनिस डिफेन्डर इनिगो मार्टिनेजलाई एफसी बार्सिलोनाबाट अनुबन्ध गरेको छ । क्रिस्टियानो रोनाल्डोको टोलीमा सामेल हुनका लागि मार्टिनेजले बार्सिलोनासँगको आफ्नो अनुबन्ध आपसी समझदारीमा अन्त्य गरेका हुन् । यो अप्रत्याशित तर महत्त्वपूर्ण स्थानान्तरणले युरोपेली फुटबल बजारमा नयाँ तरंग सिर्जना गरेको छ । ३४ वर्षीय सेन्टर-ब्याक मार्टिनेजले अल […]