Home Login

पोर्चुगल (लिस्बन) — पोर्चुगिज प्राइमइरा लिगको दोस्रो चरणको खेलमा डिफेन्डिङ च्याम्पियन स्पोर्टिङ सीपीले घरेलु मैदानमा अरोकामाथि ६-० को सानदार जित दर्ता गरेको छ । यो प्रभावशाली जितसँगै स्पोर्टिङले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा स्पोर्टिङले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । टोलीको […]

ओस्लो, नर्वे — नर्वेमा बसोबास गर्ने नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एउटै मैदानमा उतार्ने उद्देश्यले आयोजना गरिएको “ओएनएफ टि-१० रनिङ शिल्ड क्रिकेट २०२५” प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । आइतबार ओस्लोस्थित Kringsjå खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा हिमालयन भाइकिङ्सलाई पराजित गर्दै जेएसएस नर्वेले यस वर्षको प्रतिष्ठित उपाधि चुम्न सफल भएको हो । प्रतियोगिताको शुभारम्भ बिहान ८ […]

रियाद, साउदी अरेबिया — साउदी प्रो लिगको क्लब अल नासरले स्पेनिस डिफेन्डर इनिगो मार्टिनेजलाई एफसी बार्सिलोनाबाट अनुबन्ध गरेको छ । क्रिस्टियानो रोनाल्डोको टोलीमा सामेल हुनका लागि मार्टिनेजले बार्सिलोनासँगको आफ्नो अनुबन्ध आपसी समझदारीमा अन्त्य गरेका हुन् । यो अप्रत्याशित तर महत्त्वपूर्ण स्थानान्तरणले युरोपेली फुटबल बजारमा नयाँ तरंग सिर्जना गरेको छ । ३४ वर्षीय सेन्टर-ब्याक मार्टिनेजले अल […]

पोर्चुगल — पोर्चुगलको सक्रिय संस्था तमु समाज पोर्चुगलले आफ्नो प्रतिष्ठित वार्षिक खेलकुद प्रतियोगिता ‘तमु कप’ को सातौँ संस्करण आयोजना गर्ने घोषणा गरेको छ । यही आउँदो अगस्ट ३१ तारिखका दिन हुने यस प्रतियोगितामा ओपन र भेट्रान (+३५) गरी दुई विधामा सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । पोर्चुगलको राजधानी लिस्बनस्थित भितोरिया क्लब […]

रियाद, साउदी अरेबिया — पोर्चुगलका स्टार फरवार्ड जोआओ फेलिक्स साउदी प्रो लिगको क्लब अल-नासरमा अनुबन्धित भएका छन् । चर्चित खेल पत्रकार फाब्रिजियो रोमानो र अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेअनुसार फेलिक्स इंग्लिस क्लब चेल्सीबाट अल-नासरमा स्थायी स्थानान्तरणमा जान लागेका हुन् । यो सम्झौता लगभग ५ करोड युरो (करिब ७ अर्ब नेपाली रुपैयाँ) बराबरको रहेको बताइएको […]

पोर्चुगल — स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो । निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो । युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन् । उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको जित निश्चित गरिन् । स्पेन […]

भ्यालेटा, माल्टा — युरोपेली देश माल्टाले युरोपियन युनियन बाहिरका (तेस्रो देशका) खेलाडीहरूलाई लक्षित गर्दै १००-दिने ‘खेलकुद भिसा’ को औपचारिक सुरुवात गरेको छ । माल्टाका गृहमन्त्री बायरन क्यामिलेरीले यो नयाँ भिसा प्रणालीको घोषणा गरेका हुन्, जसले विदेशी खेलाडीहरूलाई माल्टाका क्लबहरूमा ट्रायल दिन र प्रशिक्षण गर्न कानुनी रूपमा सहज बनाउनेछ । यो कदमले विशेषगरी नेपालजस्ता देशका प्रतिभावान […]

पोर्चुगल — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आज, जुलाई १०, २०२५ मा जारी गरेको नयाँ विश्व वरियतामा पोर्चुगल एक स्थान माथि उक्लिएको छ । यो बढुवासँगै पोर्चुगल विश्व वरियताको छैटौं स्थानमा पुगेको छ । हालै सम्पन्न नेसन्स लिगको उपाधि जितेपछि पोर्चुगलको वरियतामा यो सुधार आएको हो । फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगलले महत्वपूर्ण अंक […]

लिस्बन, पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा खेलकुद, विशेषगरी फुटबल, मनोरञ्जन मात्र नभएर राष्ट्रिय पहिचान, सामाजिक एकता र जनजीवनको अभिन्न अंगको रुपमा रहेको छ। यहाँका नागरिकका लागि खेलकुद, त्यसमा पनि फुटबल, एक प्रकारको धर्म जस्तै हो, जसले उनीहरूलाई भावनात्मक रूपमा एकै ठाउँमा जोड्छ । फुटबल : पोर्चुगलको मुटुको धड्कन पोर्चुगलमा फुटबलको महत्वलाई शब्दमा बयान गर्न कठिन […]

पोर्चुगल — धरान फुटबल क्लब पोर्चुगलको आयोजनामा दोस्रो बुढासुब्बा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता १३ जुलाई २०२५ मा लिस्बनको भिक्टोरिया क्लब डे लिस्बोआमा हुने भएको हो । प्रतियोगितामा पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न फुटबल क्लबहरू र युरोपको विभिन्न देशमा रहेका नेपाली समुदायका फुटबल क्लबहरूले समेत सहभागिता जनाउने भएका छन् […]