Home Login

पोर्चुगल — नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो । नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढङ्गले प्रस्तुत गर्दै आएको छ । बोर्डले […]

स्पेन– संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रो सँग सोमवार द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर […]

पोर्चुगल — जुन २९, आइतवार पोर्चुगलले यस महिनाको अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको छ, जुन दिउँसो ३ बजेर ३० मिनेटमा एभोरा जिल्लाको मोरामा ४६.६ डिग्री सेल्सियस पुगेको थियो । IPMA जलवायु विभागबाट पुष्टि हुन बाँकी रहेको यो प्रारम्भिक पठन, अगस्ट १, २००३ मा बेजाको अमरेलेजामा रेकर्ड गरिएको देशको निरपेक्ष अधिकतम तापक्रम ४७.३ डिग्री सेल्सियसको नजिक […]

पोर्चुगल — उत्तरी युरोपमा तुलनात्मक रुपमा चिसो समर भइरहेको बेला दक्षिणी युरोपका देशहरूले यस वर्षको पहिलो र अत्यन्त खतरनाक गर्मीको लहरको सामना गरिरहेका छन् । विशेषगरी स्पेन, पोर्चुगल, इटाली र फ्रान्सका क्षेत्रहरूमा असामान्य रुपमा उच्च तापक्रम मापन भइरहेको छ । इटालीको राजधानी रोममा शनिबार तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुगेको थियो । यस्तै पोर्चुगलको दुई-तिहाई […]

पोर्चुगल — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै युरोपेली मुलुक पोर्चुगलमा समेत हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । प्रवास नेपाल सम्पर्क विभाग पोर्चुगल र पोर्चुगलमा रहेका रवि लामिछानेका समर्थकहरूको अगुवाइमा राजनितिक प्रतिशोध बिरुद्द जनताको हस्ताक्षर अभियान गर्ने भएका हुन् । उक्त हस्ताक्षर अभियान पोर्चुगलको राजधानी लिस्बनस्थित अलमेदा पार्कमा हुने भएको […]

पोर्चुगल — मगर संघ पोर्चुगलले आयोजना गरेको भूम्या बल पुजा सम्पन्न भएको छ । मगर समुदाय तथा अन्य समुदायका मानिसहरूको चाख लाग्दो उपस्थितिमा सो पुजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम ३ वोटा सस्था मगर संघ पोर्चुगल, तकसेरा समाज पोर्चुगल र लुगुम्याल समाज पोर्चुगलले संयुक्त रुपमा आयोजना गरेका थिए । सो कार्यक्रम जनजाति […]

पोर्चुगल — अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अनेसासको बिधान अनुरुप दुईबर्षे कार्यकाल रहने गरि अधिवेशनबाट निर्विरोध रुपमा एन बी अन्जान अध्यक्ष, सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना नेउपाने कोषाध्यक्ष, सजु पौडेल बराल सदस्य, सुजन पण्डित सदस्य र प्रेम कोइराला सदस्य रहेको नौ सदस्यीय कार्यसमिति […]

पोर्चुगल — याक्थुङ (लिम्बू) समुदायको महान चाड सिसेक्पा तङनाम ५०८५ (साउने सङ्क्रान्ती २०८२) लाई मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । पोर्चुगलको राजधानी लिस्बोन स्थित सान्ता एपोलोनिया (Santa Apolonia) Rua de manutencae  82 २८ जुलाई सोमबार उक्त कार्यक्रम हुने भएको हो । ‘हाम्रो संस्कार, हाम्रो संस्कृति, […]

पोर्चुगल — Corpus Christi २०२५ को अवसरमा नेपाली राजदूतावास लिस्बन बिहीबार जुन १९ तारिख बन्द हुने भएको छ । दूतावासले बुधबार एक सूचना सार्वजनिक गर्दै उक्त कुरा जानकारी गराएको हो । Corpus Christi पोर्चुगलमा एक महत्त्वपूर्ण इसाई (Christian) चाड हो, जसलाई पोर्चुगलीमा ‘Corpo de Deus‘ (परमेश्वरको शरीर) भनिन्छ। यो चाड क्याथोलिक परम्परामा आधारित छ र […]

पोर्चुगल —  युरोप्राइड एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रम हो जुन विशेष गरी LGBTQIA+ (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, क्वियर, इन्टरसेक्स, एसेक्सुअल र अन्य) समुदायको अधिकार, समानता र विविधताको उत्सव मनाउन आयोजना गरिन्छ । युरोप्राइडको मुख्य उद्देश्य LGBTQIA+ समुदायका लागि समानता र मानव अधिकारको वकालत गर्नु हो । यसले युरोपभरिका मानिसहरूलाई एकै ठाउँमा ल्याएर ऐक्यबद्धता, समर्थन र उत्सवको […]