Home Login

पोर्चुगल — चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार संगीतिक कार्यक्रमका लागि युरोप आउने भएकी छिन् । मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा चर्चित गायिका शान्ति श्री परियार कार्यक्रमको लागि युरोप आउने भएकी हुन् । पछिल्लो समय मेला महोत्सवमा निकै व्यस्त रहेकी गायिका तीजलाई मध्यनजर गर्दै युरोपको विभिन्न देशहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिनको लागि युरोप […]

पोर्चुगल — अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह अफगानिस्तानको आगो लोकार्पण भएको छ । पोर्चुगलका लागि नेपाली महामहिम राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि राजदूत प्रकाशमणि पौडेल, बिशिस्ट अतिथि नेपाली राजदुतावास पोर्चुगलका द्दितिय सचिब रामबाबु नेपाल, कार्यक्रम अध्यक्ष सबी श्रेष्ठ र लेखक […]

पोर्चुगल — राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान गरेका छन् । राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार बेल्जियमका लागि नेपालकी आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि पनि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ । त्यस्तै, जर्मनीका लागि नेपालकी आवासीय राजदूत […]

पोर्चुगल —  अमेरिकाले आफ्नो ‘भिसा छुट कार्यक्रम’ (भीडब्लुपी) लाई निरन्तरता दिएको छ। त्यस कार्यक्रम अन्तर्गत विभिन्न ४१ वटा देशका नागरिकहरुलाई ९० दिनसम्मको पर्यटन वा व्यावसायिक भ्रमणका लागि भिसामुक्त प्रवेशको सुविधा हुनेछ । उक्त कार्यक्रम अन्तर्गत धेरै युरोपेली मुलुकहरु समेटिए पनि भारत भने परेको छैन । यो कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय यात्रा प्रक्रियालाई सुव्यवस्थित गर्दै कूटनीतिक सम्बन्धलाई […]

बेलायत — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) बेलायत आइपुगेकी छन् । तमुधिं यूकेको आयोजनामा यही आइतबार २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा हुने २३ औं गोर्खाकपमा सहभागी हुन, उनी विहीबार लन्डन आइपुगेकी हुन् । लन्डनको हिथ्रो विमानस्थल उत्रिंदा साम्बालाई गोर्खाकप आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष […]

पोर्चुगल — विश्वभर मनोरञ्जन क्षेत्रमा सबैभन्दा प्रतिष्ठित व्यक्तित्वहरू मध्ये एक, साइमन काउेल, जुन ४ देखि ६ सम्म लिस्बनको MEO एरिनामा हुने अन्तर्राष्ट्रिय ICON सम्मेलनमा भाग लिन पहिलो पटक पोर्चुगल आउने भएका छन् । मनोरञ्जन उद्योगका एक उद्यमी, रेकर्ड लेबल कार्यकारी र टेलिभिजन र भिडियो निर्माताको रूपमा व्यापक अनुभव भएका, साइमन कावेल एक बहु-पुरस्कार विजेता विश्वव्यापी […]

पोर्चुगल — २०२३ मा गिरावट आएपछि युरोपेली संघमा घरको मूल्य गत वर्ष फेरि बढ्यो र २०२४ को अन्तिम त्रैमासिकमा पोर्चुगलले सदस्य राष्ट्रहरूमध्ये तेस्रो उच्चतम वृद्धि रेकर्ड गरेको थियो । आर्थिक पूर्वानुमानमा, युरोपेली आयोगले सम्पत्तिको मूल्यमा वृद्धिको प्रवृत्तिलाई हाइलाइट गर्दै, “२०२३ को दोस्रो र तेस्रो त्रैमासिकमा गिरावट आएपछि, २०२४ मा सम्पत्तिको मूल्य फेरि बढेको” उल्लेख गरेको […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा मे १८ तारिख आइतबार पोर्चुगलको संसदका लागि भएको आम निर्वाचनमा २३० सीट मध्ये पोर्चुगल भित्रको २२६ सीटको साढे तीन घण्टाभित्र सम्पूर्ण परिणाम आएको छ । त्यस्तै अब बाँकी विदेशमा भएका पोर्चुगिस नागरिकका लागि छुट्याइएको ४ सीटको मात्र रिजल्ट आउन बाँकी छ, जसका लागि केही दिनहरु लाग्नेछ ।  २२६ सीटमा वर्तमान प्रधानमन्त्री […]

पोर्चुगल — एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सको आयोजनामा एकदेव लिम्बु कलाज्ञ ब्यान्डले मे १९ सोमबार पोर्चुगलको राजधानी लिस्बानमा सांगीतिक प्रस्तुति दिने भएका छन् । कार्यक्रमका लागि युरोप यात्रामा निस्केका कलाज्ञ ब्यान्डले पोर्चुगल लगायत युरोपको अरु देशहरूमा पनि आफ्नो सांगीतिक प्रस्तुति दिने भएको हो । शनिबार बेलुकी पोर्चुगल आइपुगेका एकदेव […]

पोर्चुगल — पोर्चुगलमा मे १८ २०२५ आइतबार संसदीय चुनाव भइरहेको छ । यो देशको पछिल्लो साढे तीन वर्षमा तेस्रो संसदीय चुनाव हो । राष्ट्रपति मार्सेलो रेबेलो डि साउसाले गत मार्च १३ मा संसद विघटन गरेर यो निर्वाचन घोषणा गरेका थिए। मार्च ११ मा प्रधानमन्त्री लुइस मोंटेनेग्रो नेतृत्वको सरकारले संसदमा विश्वासको मत गुमाएपछि यो अवस्था आएको […]