पोर्चुगल — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै युरोपेली मुलुक पोर्चुगलमा समेत हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । प्रवास नेपाल सम्पर्क विभाग पोर्चुगल र पोर्चुगलमा रहेका रवि लामिछानेका समर्थकहरूको अगुवाइमा राजनितिक प्रतिशोध बिरुद्द जनताको हस्ताक्षर अभियान गर्ने भएका हुन् ।
उक्त हस्ताक्षर अभियान पोर्चुगलको राजधानी लिस्बनस्थित अलमेदा पार्कमा हुने भएको छ । अभियान आउँदा शनिवार जुन २८ तारिख दिउँसो ३ बजेदेखि बेलुकी ८ बजेसम्म हुने भएको हो ।
त्यस्तै, पोर्चुगलको मदेईरामा बस्ने नेपालीहरूले समेत हस्ताक्षर अभियान चलाउने भएका छन् । उक्त अभियान आउँदा मंगलबार जुलाई १ तारिख बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म फुन्चल क्यासिनो पार्कमा हुने भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका शुभचिन्तक र रवि लामिछाने व्यक्ति मनपर्ने उक्त हस्ताक्षर अभियानमा सहभागी हुनको लागि आयोजकले अनुरोध समेत गरेको छ ।
उक्त हस्ताक्षर अभियानमा जोडनको लगि दिएको नम्बरमा सम्पर्क गर्न समेत सकिने छ । मदेईराको लागि +351–926 137 757 र लिस्बनको लागि +351–920 334 753 सम्पर्क गर्नु परेमा ।