Home Login
पोर्चुगल

मगर संघ पोर्चुगलले आयोजना गरेको भूम्या बल पुजा सम्पन्न

पोर्चुगल — मगर संघ पोर्चुगलले आयोजना गरेको भूम्या बल पुजा सम्पन्न भएको छ । मगर समुदाय तथा अन्य समुदायका मानिसहरूको चाख लाग्दो उपस्थितिमा सो पुजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम ३ वोटा सस्था मगर संघ पोर्चुगल, तकसेरा समाज पोर्चुगल र लुगुम्याल समाज पोर्चुगलले संयुक्त रुपमा आयोजना गरेका थिए ।

सो कार्यक्रम जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार मगरको प्रमुख आतिथ्यता र अयोजक मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुनको सभापतित्वमा सम्पन्न भएको थियो ।

पुजामा संकलित रकम क्यान्सर पीडितलाई दिइने सस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । पीडित बिरामीहरूलाई केही भएपनि राहात होस् भन्ने उद्देश्यले सहयोग रकम दिन लागिएको अध्यक्ष कमल पुनले बताए ।

क्यान्सरबाट पीडित बिरामीहरु क्रमशः उदयपुर स्थायी घर भैई हाल कपिलबस्तु बिजयनगर निबासी हिरा मगर ( भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत) र रोल्पा स्थायी घर भैई हाल दाङ घोराही निबासी छाया पुन मगर ( दिल्ली मनिपाल अस्पतालमा उपचाररत ) लाई जनही ६० हजार नेपाली रुपैयाँ सहयोग गर्ने सस्थाले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Leave a Reply