Home Login

पोर्चुगल — लिस्बनको सडकमा लामो समयदेखि जीवन गुजारिरहेका एक नेपाली नागरिकको गैरआवासीय नेपाली संघ, पोर्चुगलको सक्रिय पहलमा उचित व्यवस्थापनसहित उद्दार गरी आज स्वदेश फिर्ता गरिएको छ । झापा जिल्ला निवासी श्री कट्टेल (नाम गोप्य) वैदेशिक रोजगारीको आशमा पोर्चुगल आएका थिए । तर, विभिन्न पारिवारिक र व्यक्तिगत समस्याका कारण उहाँको जीवन असहज बन्दै गयो । कामको […]

डेनमार्क — गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको अध्यक्षमा सुरेश पुन सर्वसम्मत चयन भएका छन् । बुधवार सम्पन्न महाधिवेशनले पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिमा उपाध्यक्षहरू अर्जुन चौलागाईं र अमृत रिजाल रहेका छन् । महासचिवमा शैलेन्द्र राई चयन भएका छन् भने सचिवहरूमा हरितमणि न्यौपाने र धुर्व घिमिरे छन् । युवा संयोजकमा प्रकाश […]

स्टकहोल्म, स्वीडेन — गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनको अध्यक्षमा राजेन्द्र तामाङ सर्वसम्मत चयन भएका छन् ।  शनिवार स्टकहोल्ममा सम्पन्न भएको आठौं राष्ट्रिय महाधिवेशनबाट राजेन्द्र तामाङ सर्वसम्मत चयन भएका हुन् ।  उक्त महाधिवेशनले अध्यक्षसहित पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । स्वीडेनको राजधानी स्टकहोल्ममा १९ जुलाईमा सम्पन्न भएको कार्यक्रममा एनआरएनए स्वीडेनका पूर्व अध्यक्ष चिरन्जीवी खरेल, […]

माल्टा — गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय कार्यसमितिले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) माल्टामा देखिएको नेतृत्व संकट, सदस्यता विवाद तथा अधिवेशन प्रक्रिया अवरुद्ध अवस्थालाई मध्यनजर गर्दै सात सदस्यीय महाधिवेशन समिति गठन गरेको छ । एनसीसी माल्टाले तोकिएको समयभित्र अधिवेशन मिति घोषणा गर्न नसकेको, सदस्यता विवाद समाधान गर्न असफल भएको र केन्द्रीय विधानअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन […]

बिरेन थापा । बुडापेस्ट — युरोपको सुन्दर देश हंगेरीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको दोस्रो महाधिवेशन ऐतिहासिक रूपले बुडापेस्टमा सम्पन्न भएको छ ।महाधिवेशनले आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट चयन गरेको छ । महाधिवेशनमा आईसीसी सचिव भीम कमल केसी प्रमुख अतिथि र आईसीसी सदस्य प्रदीप घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो […]

आयरल्यान्ड —  गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको (२०२५–२०२७) कार्यकालका लागि जुलाई १५ मा हुने निर्वाचनमा ओम अधिकारीको नेतृत्वमा एक सशक्त र अनुभवसंपन्न प्यानल प्रस्तुत भएको छ । विगत डेढ दशकदेखि एनआरएनए आयरल्यान्डमा निरन्तर योगदान दिँदै आएका अधिकारीले यसपटक संस्थाको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । अधिकारी संस्थापक सदस्यदेखि महासचिव, उपाध्यक्षसम्मका विविध जिम्मेवारी सम्हाल्दै आएका […]

आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल (२०२५-२०२७) को लागि ज्योत्सना अधिकारीले सदस्य पदमा उम्मेदवारी दर्ता दिनुभएको छ । अधिकारीले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले आफ्नो उम्मेदवारीले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । ज्योत्सना अधिकारीले नेपाली नारी समाज पोर्चुगलमा कोषाध्यक्ष, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको भूमिका निर्वाह […]

म्याड्रिड — गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको आठौं अधिवेशन जुलाई ६ आइतवार सम्पन्न भएको छ । केन्द्रीय पर्यबेक्षक तथा गैर आवासीय नेपाली संघ स्पेनका बरिष्ठ उपाध्यक्ष रोशन पाठकका अनुसार सर्बसम्मत कार्यसमिति निर्बाचित भएको हो । नव निर्बाचित कार्यसमितिलाई रोशन पाठकले बधाई तथा शुभकामना दिदै समाजलाई एकजुट बनाएर अगाडी बढाउने आशा ब्यक्त गर्नु भएको […]

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को सदस्यताका लागि जम्मा ३ हजार ५ सय १६ जनाले आवेदन दिएका छन् । नयाँ सदस्यता तथा नवीकरणका लागि निर्धारित बुधबार २५ जुन राती २३ः५९ बजेको समयसिमाभित्र ती आवेदनहरु प्राप्त भएको एनआरएनए यूकेले जनाएको छ । प्राप्त आवेदनहरुमध्ये जम्मा १ हजार ९ सय २७ सदस्यता स्वीकृत भइसकेका छन् […]

बेलायत — हितकाजी गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को निर्वाचन तालिका परिमार्जन भएको छ । निर्वाचन र राष्ट्रिय महाधिवेशनको संशोधित निर्वाचन तालिका हालै सार्वजनिक गरिएको हो । एनआरएनए यूके निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले आगामी २६ जुलाईमा निर्वाचन (मतदान–अनलाइनमार्फत) र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय गरिएको जनाउनुभयो । उहाँका […]