डेनमार्क — गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको अध्यक्षमा सुरेश पुन सर्वसम्मत चयन भएका छन् । बुधवार सम्पन्न महाधिवेशनले पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिमा उपाध्यक्षहरू अर्जुन चौलागाईं र अमृत रिजाल रहेका छन् । महासचिवमा शैलेन्द्र राई चयन भएका छन् भने सचिवहरूमा हरितमणि न्यौपाने र धुर्व घिमिरे छन् ।
युवा संयोजकमा प्रकाश बुदुजा, कोषाध्यक्षमा राकेश श्रेष्ठ, सह–कोषाध्यक्षमा मनोज न्यौपाने, महिला संयोजकमा उषा अधिकारी चयन भएका छन् ।
सदस्यहरूमा सुरेश जोशी, सरोज श्रेष्ठ, अजित देवकोटा, राहुल देवन, ध्रुव खनाल, दीपक थापा र प्रकाश पाण्डे रहेका छन् । यस्तै, आइसीसी सदस्यमा वरदान पोखरेल चयन भएका छन् ।
महाधिवेशन अनलाइन माध्यममार्फत सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि एनआरएनए आइसीसी उपाध्यक्ष हेमराज शर्मा थिए । विशेष अतिथिका रूपमा आरसी युरोपका चिरञ्जिवी खड्का, डिआरसी युरोपका रोबट लिम्बु, अनुजा प्रधान, सन्तोष भट्टराई लगायत स्थानीय विभिन्न वैचारिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।