Home Login

लिस्बन, पोर्चुगल — पोर्चुगलको उत्तरी क्षेत्रमा अवस्थित पोन्टे दा बार्का नगरपालिकामा शनिबार साँझदेखि लागेको डढेलो सोमबार दिउँसोदेखि झनै विकराल बनेको छ । तीव्र हावा र कठिन भू-धरातलका कारण आगो निभाउने प्रयासमा बाधा पुगेको छ भने आगो नियन्त्रण बाहिर गएको स्थानीय अधिकारीहरूले बताएका छन् । पेनेडा-गेरेस राष्ट्रिय निकुञ्ज अन्तर्गतको लिन्दोसो क्षेत्रबाट सुरु भएको यो डढेलो सोमबार […]

बिरेन थापा बुडापेस्ट, हंगेरी — हंगेरीमा बसोबास गर्दै आएका नेपाली नागरिकहरूका ‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् हंगेरीको विशेष पहल र नेपाल सरकारको जर्मनीस्थित नेपाली राजदूतावासद्वारा २०२५ डिसेम्बरमा राहदानी नवीकरणको घुम्ती सेवा सञ्चालन हुने भएको छ । राजदूतावासको उक्त सेवा अन्तर्गत: म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी रहेका राहदानीहरू मात्र नवीकरण गरिने भएको […]

पोर्चुगल — पोर्चुगलको आप्रवासन, एकीकरण तथा शरण एजेन्सी (AIMA) ले विदेशी नागरिकहरूका लागि कागजात पेश गर्ने प्रक्रियालाई आधुनिकीकरण गर्ने उद्देश्यले एक महत्त्वपूर्ण कदम चालेको छ । अबदेखि, विदेशी नागरिकहरूले कागजी कागजातहरूको सट्टा सार्वजनिक प्रशासन सेवाहरूद्वारा जारी गरिएका आधिकारिक कागजातहरूको लागि इलेक्ट्रोनिक पहुँच कोड (código de acesso eletrónico) प्रदान गर्नुपर्नेछ। यो नयाँ नियम कानूनको प्रावधानहरूको पालना […]

शिशिर सिखडा टोरण्टो — गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी भएका छन । आइतबार भएको निर्वाचन (बर्ष २५-२७) मा उनले १५ सय ३२ मत प्राप्त गरि बिजयी भएका हुन । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो । अध्यक्ष पदका उम्मेदवार चन्दा अधिकारीले १३ सय ५७ मत, किरोज श्रेष्ठले ८ सय […]

लाक्पा तेन्जी शेर्पा । रोमानिया २८ जुलाई —  युरोपियन मुलुक रोमानियामा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका विविध कानुनी तथा कागजी समस्याको समाधानका लागि तत्काल नेपाली पक्षबाट प्रभावकारी पहल आवश्यक रहेको भन्दै रोमानियामा सक्रिय संघसंस्थाहरूले संयुक्त रुपमा नेपाली दूतावास बर्लिनका उपनियोग प्रमुख सागर फुयाललाई ज्ञापनपत्र बुझाएका छन् । रोमानियामा रहेका नेपाल तामाङ घेदुङ, शेर्पा किदुग, नेपाल […]

पोर्चुगल — युरोपेली राष्ट्र पोर्चुगलमा नेपालीहरूको संख्या दिन प्रतिदिन बढ्दो छ, तर यहाँ आइपुग्ने अधिकांश नेपालीहरूका लागि भाषा एक प्रमुख चुनौतीको रूपमा खडा भएको छ । पोर्चुगलमा पोर्चुगिज र अंग्रेजी दुवै भाषा बोल्न नजान्ने नेपालीहरूको यकिन तथ्याङ्क सरकारी वा सामुदायिक स्तरमा उपलब्ध नभए पनि, यहाँको नेपाली समुदायका अगुवाहरू र आप्रवासनका क्षेत्रमा कार्यरत संस्थाहरूको अनुभवमा यो […]

काठमाडौँ — विश्वमा अर्बपतिहरूको संख्या र उनीहरूको सम्पत्तिमा निरन्तर वृद्धि भइरहेको छ । हालै सार्वजनिक एक रिपोर्टअनुसार, संयुक्त राज्य अमेरिका सबैभन्दा धेरै अर्बपति भएको देशको सूचीमा शीर्ष स्थानमा कायमै छ । यता, युरोपेली देश पोर्चुगल भने अर्बपतिको संख्यामा धेरै पछाडि रहेको देखिएको छ । फोर्ब्सको सन् २०२५ को तथ्याङ्क अनुसार, अमेरिकामा विश्वकै सबैभन्दा धेरै ९०२ […]

लिस्बन — डा. बद्री केसी पक्षतर्फ रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको दशौं अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व नवगठित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठक पोर्चुगलको राजधानी लिस्बनस्थित आरोइसमा रहेको संघको कार्यालयमा आयोजना गरिएको थियो । बैठकमा संघका अध्यक्ष बमबहादुर जिसी (किसान काजी), लगायत सम्पूर्ण कार्यसमिति पदाधिकारी लगायत प्रतिनिधिहरू तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का […]

पोर्चुगल — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका सहित युरोपको विभिन्न देशहरू आउने भएका छन् । उनको यो यात्रा एक महिनासम्म चल्नेछ । घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहनेछन् । घिसिङ जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा […]

रियाद, साउदी अरेबिया — पोर्चुगलका स्टार फरवार्ड जोआओ फेलिक्स साउदी प्रो लिगको क्लब अल-नासरमा अनुबन्धित भएका छन् । चर्चित खेल पत्रकार फाब्रिजियो रोमानो र अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेअनुसार फेलिक्स इंग्लिस क्लब चेल्सीबाट अल-नासरमा स्थायी स्थानान्तरणमा जान लागेका हुन् । यो सम्झौता लगभग ५ करोड युरो (करिब ७ अर्ब नेपाली रुपैयाँ) बराबरको रहेको बताइएको […]