Home Login
क्यानडा

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी 

शिशिर सिखडा

टोरण्टो — गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी भएका छन ।

आइतबार भएको निर्वाचन (बर्ष २५-२७) मा उनले १५ सय ३२ मत प्राप्त गरि बिजयी भएका हुन । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो ।

अध्यक्ष पदका उम्मेदवार चन्दा अधिकारीले १३ सय ५७ मत, किरोज श्रेष्ठले ८ सय ४८ मत, बिद्या भूषण कार्कीले ११ सय ८ र सुरज अधिकारीले २ सय ८३ मत पाएका थिए ।

एनआरएनए क्यानडामा ६ हजार १५ जना मतदाता रहेकोमा ५ हजार १ सय  ७९ जनाले मतदानमा सहभागी भएका थिए ।

एनआरएनए क्यानडाको महासचिवमा सर्मिला रानाभाट बिजयी भएकि छन । उपाध्यक्ष एटलान्टिकमा हरि बराकोटी, उपाध्यक्ष सेण्ट्र्लमा प्रतीक भण्डारी र वेस्टर्नमा बिशाल थापा बिजयी भएका छन ।

कोषाध्यक्षमा इन्दिरा रिजाल, सह कोषाध्यक्षमा जीआर भण्डारी, सचिबमा बिजय लम्साल बिजयी भएका हुन ।

त्यस्तै युथ कोअर्डिनेटरमा हेमराज काफ्ले बिजयी भएका छन । त्यसैगरी आईसीसी सदस्यमा कमल भट्टराई, बिशाल घिमिरे, पिता पौडेल, पिताम्बर भट्टराई, दिनेश घिमिरे निर्वाचित भएका छन ।

सदस्यमा एट्लान्टिकबाट सुनिल घिमिरे मिसिसागाबाट तिलाराम सापकोटा र टीका पहारी ब्राम्पटनबाट सीता ठाडा राना, सागर गुरुङ र राममाया घिमिरे, महिला तर्फ बिष्णुमाया क्षेत्री लण्डन सिटीबाट बिजय तमाङ र शिव डल्लाकोटी बिजयी भएका हुन ।

२ पदाधिकारीको पदमा ५ जना सहित सदस्यहरु पनि सर्वसम्मत 

एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्षमा सन्तोष दाहाल, प्रजापति सापकोटा र डा. पुण्यसागर मरहट्टा तथा महिला उपाध्यक्षमा समिक्षा कार्की र गीता दवाडी ढकाल सर्वसम्मत बिजयी भएका छन ।

शनिबार स्कारब्रोमा भएको साधारण सभाले उनीहरुलाई सर्वसम्मत बिजयी बनाएको हो । सो दुबै पदमा भएको विवाद मिलाउन उम्मेदवारी दिएका पाचै जनालाई सर्वसम्मत बिजयी गराईएको जनाइएको छ । उपाध्यक्ष (संघीय सरकार सम्पर्क) पदमा भने जानकी पन्डित र युवा सम्योजक (महिला) पदमा स्विकृति खड्काको एकल उम्मेदवारी परेकोले उनीहरू निर्बिरोध बिजयी भएका हुन ।

त्यसैगरी उत्तरी ओन्टारीयोको सट्बरीबाट बिनोद गुरुङ, नोभा स्कोसीया / पीईआईबाट मनोजकुमार थापा, क्युबेकबाट जीवन पन्त, ओटावाबाट याम गोतामे, नायग्राबाट भरत कुमार शर्मा, किचनर / वाटरलुबाट मनोज भण्डारी, मनीटोवाबाट विवेक गौतम, सास्काचनबाट नारायणप्रसाद दहाल, ब्रीटिस कोलम्बियाको भिक्टोरियाबाट पारसदीप सुवेदी, सरेबाट बिनोद शर्मा, भ्यानकुवरबाट गोबिन्द क्षेत्री निर्बिरोध बिजयी भएका छन ।

अल्वर्टाको एडमन्टनबाट नरेश पोख्रेल, महिला तर्फ ईश्वरी केसी र सगुन पान्डे, क्यालगरीबाट खुमाराज पान्डे, भिम तिवारी र महिला तर्फ प्रीन्जीया ढुङेल पनि निर्विरोध निर्वाचित भएका छन ।

Leave a Reply