Home Login

पोर्चुगल — स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो । निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो । युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन् । उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको जित निश्चित गरिन् । स्पेन […]

दोहा, कतार — पछिल्लो समय कतारमा अत्यधिक गर्मी र चिस्यान बढेको छ । कतारको मौसम विज्ञान विभागका अनुसार, आउँदा दिनहरूमा तापक्रम उच्च रहने र सापेक्षिक आर्द्रताको स्तर बढ्ने पूर्वानुमान गरिएको छ, जसले गर्दा जनजीवनमा असहजता महसुस हुनेछ । विभागले जारी गरेको विज्ञप्ति अनुसार, विशेष गरी रात र बिहानको समयमा चिस्यानको मात्रा बढ्ने र केही स्थानहरूमा […]

दीपक भण्डारी पोर्चुगल — दीपा काफ्लेले नेतृत्व गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले शनिबार राजधानी लिस्बनमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । शपथग्रहण कार्यक्रम निर्वाचन समितिका संयोजक गम्भीरजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले नवनिर्वाचित अध्यक्ष दीपा काफ्लेसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका हुन्। […]

मुख्य बुँदाहरू : – आगामी अक्टोबर २०२५ देखि लागू हुने गरी फेसबुक, इन्स्टाग्राम र थ्रेड्स जस्ता प्लेटफर्ममा राजनीतिक, चुनावी तथा सामाजिक मुद्दा सम्बन्धी विज्ञापनमा रोक लगाइने । – युरोपेली संघ (ईयू) को नयाँ कडा नियम ‘राजनीतिक विज्ञापनको पारदर्शिता र लक्ष्यीकरण’ (TTPA) ले सिर्जना गरेको कानुनी अनिश्चितता र सञ्चालनगत जटिलताका कारण यो निर्णय लिइएको मेटाको भनाइ […]

लिस्बन, पोर्चुगल — पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सोउसाले बिहीबार, २४ जुलाई २०२५ मा, संसद्ले हालै अनुमोदन गरेको विवादास्पद नयाँ विदेशी कानूनलाई संवैधानिक समीक्षाका लागि संवैधानिक अदालतमा पठाउनुभएको छ । आप्रवासी अधिकारकर्मीहरू र नागरिक समाजबाट व्यापक चिन्ता र अनुरोधपछि राष्ट्रपतिको यो कदम आएको हो । कानूनले संविधानका आधारभूत सिद्धान्तहरूको पालना गर्छ वा गर्दैन भन्ने कुराको […]

लिस्बन, पोर्चुगल — पोर्चुगल सरकारले आवासीय अनुमति (Residence Permit) नवीकरण प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गरेको छ । नयाँ नियम अनुसार, ३० जुन २०२५ पछि आफ्नो आवासीय अनुमति नवीकरण गर्ने सबै विदेशी नागरिकहरूका लागि कर पहिचान नम्बर (Número de Identificação Fiscal – NIF) र सामाजिक सुरक्षा नम्बर (Número de Identificação da Segurança Social – NISS) अनिवार्य गरिएको […]

लन्डन — तीन वर्षदेखि चलिरहेको वार्तापछि भारत र बेलायतले बिहीबार बृहत् आर्थिक तथा व्यापार सम्झौता (सीईटीए) मा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायतको चौथो भ्रमणको क्रममा भएको हो । प्रधानमन्त्री मोदीले सम्झौतापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “यो सम्झौता केवल आर्थिक साझेदारी होइन, साझा समृद्धिको योजना पनि हो ।” उनका […]

बेल्जियम — बागलुङ समाज बेल्जियमको छैठौं अधिवेशन आउँदो अगस्ट ४ तारिख हुने भएको छ । स्थापनाकालदेखि नै सक्रिय रहेको बागलुङ समाज बेल्जियमको छैठौं अधिवेशन ‘Brusselsestraat 42/B, 3000 Leuven’ मा ११: ३० बजे देखि हुने भएको संस्थाका महासचिव प्रभात पौडेलले बताउनुभयो । अधिवेशनमा वेनेलक्स र युरोपियनका लागि राजदुत सेवा लम्सालको प्रमुख अतिथि रहने भएको हो । […]

लन्डन – लोकप्रिय गायिका रचना रिमाल र गायक रामजी खांड सांगीतिक कार्यक्रमको लागि लन्डन आइपुगेका छन् । ‘सयपत्री नेपाली कल्चरल ग्रुप यूके’को आयोजनामा आइतबार साँझ अल्डरसट एम्पायर हलमा हुने सयपत्री साँझमा प्रस्तुति गर्न उनीहरु विहीबार बेलुका लन्डन आइपुगेका हुन् । कलाकारहरु लन्डन हिथ्रो विमानस्थलमा उत्रिंदा सयपत्री ग्रुपका अध्यक्ष दिपक शाहीसहित कार्यसमितिका पदाधिकारीहरुले स्वागत गरेका थिए […]

लिस्बन, पोर्चुगल — संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क (SDSN) द्वारा जारी गरिएको ‘दिगो विकास प्रतिवेदन २०२४’ अनुसार पोर्चुगल दिगो विकासका लक्ष्यहरू प्राप्त गर्ने दिशामा विश्वका १६७ देशहरूमध्ये १६औँ स्थानमा उक्लिएको छ । यो गत वर्षको तुलनामा दुई स्थानको सुधार हो, जसले दिगो विकास प्रतिको पोर्चुगलको प्रतिबद्धता र प्रगतिलाई उजागर गर्दछ । प्रतिवेदनले पोर्चुगललाई […]