Home Login

लिमासोल, साइप्रस — साइप्रस सरकारले शुक्रबार सार्वजनिक गरेको पछिल्लो आधिकारिक आप्रवासन तथ्याङ्क अनुसार, भिसा लिएर कानुनी रूपमा बसोबास गर्ने तेस्रो देशका नागरिकहरूमध्ये नेपालीहरू तेस्रो स्थानमा परेका छन् । साइप्रसको गृह मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार हाल १४ हजार ९ जना नेपाली नागरिकसँग साइप्रसमा बस्न र काम गर्न पाउने वैध भिसा रहेको छ । यस तथ्याङ्कले […]

काठमाडौ — चर्चित तथा लोकप्रिय गायक तथा सर्जक  प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द तथा संगीतमा ‘जर्सी गाईको दूध’ बोलको गीत सार्वजनिक गरेका हुन् । रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन छb। गायक कटुवाललाई गायनमा गायिका समिक्षा अधिकारीले  साथ दिएकी छिन् । गीतको म्युजिक […]

ब्रसेल्स, वार्सा — युरोपेली संघ (ईयू) ले आगामी सात वर्षका लागि प्रस्तावित गरेको २ ट्रिलियन युरोको विशाल बजेटमा पोल्याण्ड सबैभन्दा ठूलो लाभार्थी बन्ने देखिएको छ । पोल्याण्डका अर्थमन्त्री आन्ड्रजे दोमान्स्कीले यो जानकारी दिँदै यसलाई आफ्नो देशको लागि एक ऐतिहासिक सफलताको रूपमा प्रस्तुत गरेका छन् । यो प्रस्तावित बजेटले ईयूका सदस्य राष्ट्रहरूबीच आगामी दिनहरूमा लामो र […]

लिस्बन, पोर्चुगल — पछिल्लो समय पोर्चुगलमा बायोमेट्रिक प्रक्रिया पूरा गरी पहिलो पटक अस्थायी रेसिडेन्सी कार्ड (TR कार्ड) प्राप्त गरेका सयौं नेपाली तथा अन्य आप्रवासीहरुले आफ्नो कार्डमा एउटा साझा समस्या भोगेका छन् – कार्डमा रहेको उनीहरुको हस्ताक्षर अत्यन्तै मधुरो र अस्पष्ट हुनु । यो प्राविधिक त्रुटीले गर्दा धेरैजनामा, विशेषगरी पोर्चुगल बाहिर अन्य देशमा यात्रा गर्नुपर्नेहरुमा, ठूलो […]

एक वर्षमा आठ लाख ३९ हजार २६६ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गएको आर्थिक वर्षमा श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएको विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले […]

माल्टा — गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय कार्यसमितिले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) माल्टामा देखिएको नेतृत्व संकट, सदस्यता विवाद तथा अधिवेशन प्रक्रिया अवरुद्ध अवस्थालाई मध्यनजर गर्दै सात सदस्यीय महाधिवेशन समिति गठन गरेको छ । एनसीसी माल्टाले तोकिएको समयभित्र अधिवेशन मिति घोषणा गर्न नसकेको, सदस्यता विवाद समाधान गर्न असफल भएको र केन्द्रीय विधानअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन […]

म्याड्रिड, स्पेन — युरोपको प्रमुख पर्यटकीय गन्तव्य स्पेनले सन् २०२४ र २०२५ को पहिलो पाँच महिनामा पर्यटक आगमनमा ऐतिहासिक कीर्तिमान कायम गरेको छ । स्पेनको राष्ट्रिय तथ्याङ्क संस्थान (INE) द्वारा जारी पछिल्लो तथ्याङ्क अनुसार, देशको पर्यटन क्षेत्रले कोरोना महामारी पूर्वको अवस्थालाई समेत उछिनेको छ, जसमा बेलायती पर्यटकको योगदान सबैभन्दा ठूलो देखिएको छ । स्पेनको लागि […]

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र डेनमार्कका लागि राजदूत सुम्निमा तुलाधरको जिम्मेवारी थपिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार दुवै जनालाई थप एक एक देशको जिम्मेवारी थप गरेका हुन् । राष्ट्रपति पौडेलले घिमिरेलाई आयरल्याण्ड र तुलाधारलाई फिनल्याण्डको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई […]

लिस्बन — पोर्चुगल लगायत युरोपका अधिकांश मुलुकहरूमा जारी प्रचण्ड गर्मीको लहर तत्काल अन्त्य नहुने मौसमविद्हरूले बताएका छन् । विज्ञहरूका अनुसार, तातो र सुख्खा मौसम अझै केही हप्तासम्म रहन सक्ने देखिएको छ, जसले गर्दा जनजीवन प्रभावित हुनुका साथै डढेलोको जोखिम पनि बढेको छ । पोर्चुगलको मौसम विज्ञान संस्थान (IPMA) का अनुसार, देशका अधिकांश भागहरूमा तापक्रम औसतभन्दा […]

काठमाडौ — उत्कृष्ट गुणस्तरका सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोफा हब काठमाडौ चौथो बर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै पाँच वर्षको छोटो अवधिमा कम्पनीले नेपालभर १० वटा शाखा विस्तार गर्न सफल भएको छ। कम्पनीले दक्ष कामदार […]