Home Login

लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकहरूको सुविधालाई उच्च प्राथमिकतामा राख्दै देशको उत्तरी सहर पोर्टोमा दुई दिने विशेष घुम्ती शिविर (कन्सुलर क्याम्प) सफलतापूर्वक सम्पन्न गरेको छ । राजधानी लिस्बनबाट भौगोलिक रूपमा टाढा रहेका र व्यस्तताका कारण दूतावाससम्म धाउन असमर्थ नेपालीहरूको बाध्यतालाई मध्यनजर गर्दै, दूतावासले यही जनवरी २४ र २५ तारिखमा यो शिविर सञ्चालन गरेको […]

पोर्चुगल — नेपालमा गत माघ १ गतेदेखि प्रदर्शनमा आएको चर्चित नेपाली कथानक चलचित्र ‘गोबर गणेश’ अब युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । नेपालमा दर्शकको राम्रो साथ पाएको यो चलचित्रलाई गुरुङ केएनएस ईन्टरटेन्मेन्ट, केन्द्र मोशन पिक्चर्स र नेल्स इन्टरटेन्मेन्टले संयुक्त रूपमा पोर्चुगलमा प्रदर्शन गर्न लागेका हुन् । राजधानी लिस्बनस्थित प्रतिष्ठित ‘सिनेमा आइडल’ हलमा […]

पोर्चुगल — पोर्चुगलमा आइतबार, २५ जनवरी २०२६ को दिन मौसम निकै चुनौतीपूर्ण रहने पूर्वानुमान गरिएको छ । पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमस्फियर (IPMA) का अनुसार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात, र समुद्रमा विशाल छालहरूको जोखिम रहेकाले विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ । सबैभन्दा गम्भीर चेतावनी तटीय क्षेत्रहरूका लागि जारी गरिएको छ । मध्यरातसम्म […]

पेरिस — फ्रान्सको फिनिस्टेर क्षेत्रमा शुक्रबारदेखि सुरु भएको शक्तिशाली ‘इन्ग्रिड’ आँधीले व्यापक क्षति पुर्‍याएको छ । शनिबार बिहान आँधीको प्रभाव कम हुँदै जाँदा स्थानीय बासिन्दा र अधिकारीहरूले क्षतिको मूल्याङ्कन सुरु गरेका छन् । तटीय क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टा र भित्री भागमा ११० किलोमिटर प्रतिघण्टाभन्दा बढीको वेगमा आएको विनाशकारी हावाहुरीले जनजीवन नराम्ररी प्रभावित बनाएको छ भने […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा शनिबार बिहानैदेखि आएको शक्तिशाली आँधी ‘इन्ग्रिड’ले जनजीवन नराम्ररी प्रभावित बनाएको छ । राष्ट्रिय आपतकालीन तथा नागरिक सुरक्षा प्राधिकरण (ANEPC) ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार, आँधीका कारण कास्केस र पेनिचे लगायतका क्षेत्रमा गरी कम्तीमा १७ जना विस्थापित भएका छन् भने एक जना घाइते भएका छन् । खराब मौसम र समुन्द्रमा आएको […]

पोर्चुगल — लोकप्रिय गायक राजेश पायल राई अर्थात राई इज किङ आफ्नो सांगीतिक कार्यक्रमको लागि जनवरी २३ तारिख शुक्रबार पोर्चुगल आइपुगेका छन् । जनवरी २५ अर्थात आइतबारका दिन लिस्बनमा आयोजना हुने ‘राजेश पायल राई लाइभ इन पोर्चुगल’ कार्यक्रममा सांगीतिक प्रस्तुति दिन उनी पोर्चुगलको राजधानी लिस्बन आइपुगेका हुन् । लिस्बनको‌ विमानस्थलमा गायक राईलाई आयोजक संस्था नेपाल […]

माल्टा — नेपाली सांगीतिक आकाशमा आफ्नो जादुमयी आवाजमार्फत लाखौं दर्शक–श्रोताको मन जित्न सफल युवा पुस्ताका ढुकढुकी गायक सुजन चापागाईं युरोपेली मुलुक माल्टामा गुञ्जिने भएका छन् । विशेषगरी माल्टामा रहेका नेपालीहरूलाई सांगीतिक माहोलमा झुमाउनका लागि प्रतिष्ठित इभेन्ट कम्पनी ‘मगवर्ट प्रोडक्सन’ ले यो विशेष सांगीतिक साँझको आयोजना गरेको हो । सन् २०२६ को मार्च महिनामा हुन लागेको […]

लिस्बन (पोर्चुगल) — पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमस्फियर (IPMA) ले आज शनिबारका लागि देशका विभिन्न भागमा मौसमको गम्भीर चेतावनी जारी गरेको छ । विशेषगरी तटीय र पहाडी क्षेत्रहरूमा मौसम प्रतिकूल रहने हुनाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आजको मौसम पूर्वानुमानमा खतरनाक समुद्री छाल, तीव्र गतिको हावा, भारी वर्षा र तल्लो […]

लिस्बन — पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमस्फेयर (IPMA) ले ‘इन्ग्रिड’ नाम दिइएको कम चापीय प्रणालीको प्रभावका कारण मेनल्याण्ड पोर्चुगलमा मौसमको अवस्था गम्भीर बन्न सक्ने चेतावनी जारी गरेको छ । जनवरी २२ को रातीबाट सुरु हुने यो मौसमी प्रणालीको केन्द्र ४७° उत्तर र १३° पश्चिममा रहने अपेक्षा गरिएको छ, जसले आगामी केही दिनसम्म देशका […]

लिस्बन (पोर्चुगल) — तामाङ समुदायको महान् तथा ऐतिहासिक सांस्कृतिक पर्व सोनाम ल्होछारको पावन अवसरमा पोर्चुगलको राजधानी लिस्बन, नेपाली मौलिक कला र संस्कृतिको रङ्गीन उत्सवमा झुम्न तयार भएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा हुन गइरहेको ऐतिहासिक एवं बृहत सांस्कृतिक कार्यक्रमको तयारी अब अन्तिम चरणमा पुगेको छ । प्रवासको व्यस्त जीवनका बाबजुद पनि आफ्नो […]