Home Login
पोर्चुगलमा चलचित्र

पोर्चुगलमा फेब्रुअरी ८, ९ र १० तारिख चलचित्र ‘गोबर गणेश’ प्रदर्शन हुने

पोर्चुगल — नेपालमा गत माघ १ गतेदेखि प्रदर्शनमा आएको चर्चित नेपाली कथानक चलचित्र ‘गोबर गणेश’ अब युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । नेपालमा दर्शकको राम्रो साथ पाएको यो चलचित्रलाई गुरुङ केएनएस ईन्टरटेन्मेन्ट, केन्द्र मोशन पिक्चर्स र नेल्स इन्टरटेन्मेन्टले संयुक्त रूपमा पोर्चुगलमा प्रदर्शन गर्न लागेका हुन् ।

राजधानी लिस्बनस्थित प्रतिष्ठित ‘सिनेमा आइडल’ हलमा चलचित्रको प्रदर्शन हुने तय भएको छ । आयोजकका अनुसार आगामी फेब्रुअरी ८ आइतबार, फेब्रुअरी ९ सोमबार र फेब्रुअरी १० मंगलबार गरी लगातार तीन दिन चलचित्रको विशेष शो देखाइनेछ ।

चलचित्रको युरोप प्रदर्शनका लागि ‘केन्द्र मोशन पिक्चर्स’ ले प्रमुख प्रायोजकको भूमिका निर्वाह गरेको छ भने युरोपभरको आधिकारिक वितरणको जिम्मा मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले लिएका छन् ।

चर्चित हाँस्य कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन रहेको यस चलचित्रमा कमेडी र सामाजिक कथावस्तुको बेजोड समिश्रण पाइन्छ ।

चलचित्रमा निर्देशक स्वयं ‘बल्छी धुर्वे’ र चर्चित नायिका वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको छ । यसका साथै बुद्धि तामाङ, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछाने लगायतका कलाकारहरूको जम्बो टोलीको सशक्त अभिनय यसमा हेर्न सकिनेछ ।

चलचित्र हेर्न चाहने दर्शकहरूका लागि प्रति टिकट १२.५० युरो शुल्क तोकिएको छ । साथै, १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि भने ८ युरोको विशेष सहुलियत दर कायम गरिएको छ । टिकट लिन चाहनेहरूले अनलाइन लिङ्क वा सिधै फोन सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् । यसका लागि +351-920283319, +351-961408655 वा +977-9806925553 मा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।

Leave a Reply