Home Login

डब्लिन — फिफा विश्वकप युरोपेली छनोट अन्तर्गत आउँदो नोभेम्बर १३ मा गणतन्त्र आयरल्याण्ड र पोर्चुगलबीच एक महत्वपूर्ण खेल हुँदैछ । यो खेल आयरल्याण्डको घरेलु मैदान डब्लिनस्थित अविभा रंगशालामा आयोजना हुने भएको हो । प्रतियोगिता अन्तर्गतको यो खेल स्थानीय समयअनुसार साँझ ०७:४५ बजे सुरु हुनेछ । विश्वकप छनोटको दौडमा रहेका दुवै टोलीका लागि यो खेल निकै […]

काठमाडौं —  लोकप्रिय गायक तथा संगीतकार अर्जुन सापकोटाले आफ्नो पछिल्लो सांगीतिक कोसेली ‘झलिको’ सार्वजनिक गरेका छन् । समसामयिक विषयवस्तुमाथि गीत बनाउन सिपालु सापकोटाले यसपटक वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको गहिरो असरलाई गीतको विषय बनाएका छन् । सापकोटाको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा उनीसँगै वर्तमान समयका दुई चर्चित गायिका मेलिना राई र समीक्षा […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलले आफ्नो नागरिकता कानूनमा महत्त्वपूर्ण र कडा परिमार्जन गरेको छ । संसदबाट पारित भएको उक्त संशोधित नागरिकता विधेयकलाई अन्तिम स्वीकृतिका लागि राष्ट्रपति मार्सेलो रेबेलो दे साउजा समक्ष बेलें प्यालेस (राष्ट्रपति कार्यालय) पठाइएको छ । नयाँ कानूनले विदेशीहरूका लागि नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप जटिल बनाउने र गम्भीर अपराधमा दोषी ठहरिएकाहरूको नागरिकता […]

पोर्चुगल — पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताए । “यो निश्चित हो,” उनले भिडियो लिङ्कमा साउदी फोरमसँग भने । उनलाई सोधिएको प्रश्नमा उनले भने, “सन् […]

पोर्चुगल — नोभेम्बर महिना सुरु भएसँगै पोर्चुगल लगायत युरोपका अधिकांश देशहरूमा ‘ब्ल्याक फ्राइडे’ (Black Friday) को चर्चा र तयारी तीव्र रूपमा अगाडि बढेको छ । सपिङ मलहरूमा ठूला ‘SALE’ (छुट) का ब्यानरहरू देखिन थालेका छन् भने अनलाइन E-commerce (ई-कमर्स) वेबसाइटहरूले ‘अविश्वसनीय छुट’ को बाचा गर्दै ग्राहकहरूलाई आकर्षित गर्न थालिसकेका छन् । पछिल्ला केही वर्षदेखि नोभेम्बर […]

लिस्बन  — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले ‘लॉट ५’ (Lot 5) अन्तर्गत राहदानीका लागि आवेदन दिएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएको जनाएको छ । दूतावासले सोमबार एक जरुरी सूचना प्रकाशित गर्दै, सूचीमा नाम भएका आवेदकहरुलाई आफ्नो राहदानी बुझिलिन अनुरोध गरेको हो । दूतावासका अनुसार, राहदानी लिन आउँदा आवेदकहरुले केही महत्त्वपूर्ण कागजातहरू अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ […]

साइप्रस (लिमासोल) — युरोपेली मुलुक साइप्रसलाई कर्मथलो बनाइरहेका नेपाली युवाहरूद्वारा सञ्चालित गडग्रेस फुटबल क्लबले एक भव्य सांगीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । साइप्रसको सुन्दर सहर पारालिम्निमा सक्रिय रहेको उक्त क्लबले नोभेम्बर ९ तारिख आइतबारका दिन लिमासोलस्थित नियो फियस्ता बेनक्विट हलमा “म्युजिक फेस्टिवल साँझ” आयोजना गरेको हो । विगत केही वर्षदेखि साइप्रसमा रहेका नेपालीहरूमाझ खेलकुदमार्फत […]

इटाली — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इटालीको नवौं अधिवेशन नोभेम्बर ९ तारिखका दिन इटालीको मिलान शहरमा सम्पन्न भएको छ । अधिवेशनमा नेपाली वाणिज्य दूतावास रोमका तर्फबाट वाणिज्य दूत पाओलो नुगारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा एनआरएनए युरोप संयोजक प्रेम गुरुङ र एनआरएनए इटालीका संस्थापक अध्यक्ष डा. भिमबहादुर बम विशेष अतिथिको रूपमा […]

पोर्चुगल  — क्रिसमस र नयाँ वर्ष २०२६ को अवसर पारेर पोर्चुगलमा युरोप व्यापी फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पोर्चुगलमा सक्रिय रहेको भिजन फुटबल क्लबले “प्रथम भिजन गोल्डकप २०२५” को आयोजना गर्न लागेको हो । आयोजक क्लबका अनुसार, यो ७-ए-साइड फुटबल प्रतियोगिता आउँदो डिसेम्बर २८, आइतबारका दिन लिस्बनस्थित ‘क्याम्पो क्लब फेरोविरियो डे पोर्चुगल’ को […]

इजरायल — नेपाल तामाङ घेदुङ इजरायलको १५ औं वार्षिकोत्सव तथा ११ औं अधिवेशन यहि नोभेम्बर १४ तारिखमा हुने भएको छ । “तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि,संकार र संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं, ताम्सालिङ प्राप्तिको लागी एकजुट हौऔ ।” भन्ने मुल नारा सहित कार्यक्रम हुन लागेको हो । वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रम इजरायलको तेलअभिव स्थित […]