Home Login

लिस्बन — पोर्चुगलमा चिसो मौसम बढेसँगै गम्भीर प्रकृतिका श्वासप्रश्वास संक्रमण र मृत्युदरमा चिन्ताजनक वृद्धि देखिएको छ । विशेष गरी मुलुकको उत्तरी क्षेत्र र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू यस संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ । रिकार्डो जोर्ज राष्ट्रिय स्वास्थ्य संस्थान (INSA) ले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार उत्तरी क्षेत्रमा ७५ देखि ८४ वर्ष उमेर समूहमा […]

लिस्बन —  पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि अनलाइन आवेदन खुला गरेको छ । राजदूतावासले आज (शुक्रबार) एक सूचना जारी गर्दै आगामी डिसेम्बर १५ देखि २०२५ को डिसेम्बर महिनाको अन्तिमसम्मका लागि बायोमेट्रिक्स अपोइन्टमेन्ट खुला गरिएको जानकारी दिएको हो । राजदूतावासका अनुसार राहदानी नवीकरण गर्न चाहने सेवाग्राहीका लागि आज साँझ ५ बजेदेखि अनलाइन […]

साइप्रस — साइप्रसका प्रमुख विमानस्थलहरू, लार्नाका र पाफोसमा सुरक्षासम्बन्धी गम्भीर कमजोरीहरू रहेको भन्दै युरोपेली युनियन (ईयू) ले चेतावनी दिएपछि विवाद उत्पन्न भएको छ । युरोपेली आयोगले विशेष गरी विमानस्थल सञ्चालनमा निरन्तर कमजोरीहरू देखिएको भन्दै औंला उठाएपछि, उक्त विमानस्थलहरूको व्यवस्थापन सम्हालिरहेको ‘हर्मेस एयरपोर्ट्स’ ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ती आरोपहरूको पूर्ण रूपमा खण्डन गरेको छ […]

बुल्गेरिया — वैदेशिक रोजगारीको लागि बुल्गेरिया देशमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ घर भइ हाल काठमाडौंको टोखा बस्ने वर्ष ५० को ज्ञानराज सुवेदी रहेका छन् ।  उनले पीडितबाट ८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  पीडितले दिएको […]

पोर्चुगल — पोर्चुगल सरकारले प्रस्ताव गरेको श्रम कानून संशोधनको विरोधमा बिहानैदेखि देशव्यापी आम हडताल सुरु भएको छ । सरकारका नयाँ नीतिहरू कामदारको हितमा नभएको भन्दै आह्वान गरिएको यस आन्दोलनले देशभरका नगरपालिका सेवाहरू, विशेषगरी फोहोर व्यवस्थापन र सरसफाइ क्षेत्रलाई ठप्प पारेको छ । सन् २०१३ पछि पहिलो पटक देशका दुई ठूला केन्द्रीय श्रम संगठनहरू—सीजीटीपी (CGTP) र […]

मदेइरा टापुमा खराब मौसमको पूर्वानुमानसँगै यस क्षेत्रको हवाई यातायात सेवा गम्भीर रूपमा प्रभावित हुने देखिएको छ । विशेष गरी डिसेम्बर १२ र १३ मा यहाँको मौसम निकै प्रतिकूल रहने अनुमान गरिएको छ, जसका कारण मडेइरा विमानस्थलको उडान सञ्चालनमा व्यापक अवरोध आउन सक्ने सम्भावना बढेको छ । पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमस्फियर (IPMA) ले […]

लिस्बन (पोर्चुगल) — युरोपेली मुलुक पोर्चुगलमा सम्पन्न प्रतिष्ठित ‘ओपन कराते द तोरेस वेद्रास’ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका रोजन खड्काले काश्य पदक जित्न सफल भएका छन् । ‘क्लब द कराते सोथाई’ द्वारा आयोजित उक्त प्रतियोगितामा खड्काले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई पदक दिलाएका हुन् । सुनसरी जिल्लाको इटहरी–१७ स्थायी घर भएका खड्काले प्रतियोगिता अन्तर्गत ७५ किलोभन्दा माथिको तौल […]

पोर्चुगल — नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक, संगीतकार तथा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ७ का कोच खेम सेन्चुरी आफ्नो सांगीतिक जादु छर्न युरोपेली मुलुक पोर्चुगल आउने पक्का भएको छ । प्रवासमा रहेका नेपाली दर्शक तथा श्रोताहरूलाई मनोरन्जन प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको विशेष सांगीतिक कार्यक्रमका लागि सेन्चुरी युरोपको पोर्चुगल आउन लागेका […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको आप्रवासन तथा शरणका लागि एजेन्सी (एआईएमए) ले त्यहाँ लामो समयदेखि बसोबास गर्दै आएका आप्रवासीहरूका लागि आवास अनुमति पत्र नवीकरण प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाएको छ । एजेन्सीले हालै जारी गरेको सूचना अनुसार, अब दीर्घकालीन निवासी स्थिति भएका व्यक्तिहरूले आफ्नो आवास अनुमति नवीकरणका लागि भौतिक रूपमा कार्यालय उपस्थित हुनु नपर्ने गरी […]

लिस्बन — सरकारले ल्याएको श्रम कानून सुधारको विरोधमा आह्वान गरिएको आम हडतालका कारण पोर्चुगलको राजधानी लिस्बनको सार्वजनिक यातायात प्रणाली नराम्ररी प्रभावित हुने भएको छ । लिस्बन मेट्रोले जारी गरेको आधिकारिक सूचना अनुसार, बिहीबार (डिसेम्बर ११) बिहानैदेखि मेट्रो सेवा पूर्ण रूपमा ठप्प हुनेछ । मेट्रो प्रशासनले आफ्नो वेबसाइटमा प्रकाशित गरेको नोट अनुसार, हडतालको प्रभाव बुधबार रातिबाटै […]