Home Login

पोर्चुगल (लिस्बन) — पोर्चुगलको मुख्य भूमिमा ‘क्रिस्टिन’ आँधीले निम्त्याएको प्रतिकूल मौसमका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । विद्युत वितरण कम्पनी ई-रेड्स (E-Redes) ले सार्वजनिक गरेको तथ्यांक अनुसार, बिहीबार बिहान ८ बजेसम्म करिब ४ लाख ५० हजार ग्राहकहरू बिजुलीविहीन अवस्थामा रहेका छन् । आँधीका कारण विद्युतका पोलहरू ढल्ने र प्रसारण लाइनमा क्षति पुग्दा देशका विभिन्न […]

निकोसिया — गरिबीको अन्धकार चिरेर परिवारको भविष्य उज्यालो बनाउने सपना बोकी परदेशिएकी नुवाकोटकी अनिता तामाङ अहिले जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी छिन् । नुवाकोटको सामान्य परिवारमा जन्मिएकी अनिताको जीवन कहिल्यै सहज रहेन, तर उनले हार मानिनन् । आर्थिक अभाव, ऋणको बोझ र दैनिक गुजारा चलाउन धौ–धौ पर्न थालेपछि उनले एउटा कठोर निर्णय लिइन्– परदेश […]

म बुहारी हुँ तर मेरो नाम हरायो मेरो पहिचान हरायो मेरो अस्तित्व मेटियो ; म हाँस्छु तर भित्र रोइरहेकी छु म चुप लाग्छु किनकि बोले अपराध ठानिन्छ । म सहन्छु किनकि सहनु मेरो भाग्य बनाइयो सासुको गालीले पोल्छ नन्दको हेपाइले चिथोर्छ ।  श्रीमान् मौन बस्दा मेरो मन भाँचिन्छ मेरो पीडा देख्ने कोही छैन मेरो आँसु […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको मुख्य भूभागमा आज बिहानैदेखि ‘आँधी क्रिस्टिन’ ले ठूलो विनाश निम्त्याएको छ । राष्ट्रिय आपतकालीन तथा नागरिक सुरक्षा प्राधिकरण (ANEPC) र अन्य निकायहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार, आज (जनवरी २८) मध्यरातदेखि बिहान ९:०० बजेसम्मको छोटो अवधिमा नै खराब मौसमसँग सम्बन्धित करिब २ हजार १ सय ५० घटनाहरू दर्ता भइसकेका छन् । अधिकारीहरूले […]

लिस्बन (पोर्चुगल) — पोर्चुगिज मौसम विज्ञान संस्थान (IPMA) ले एट्लान्टिक महासागरमा विकसित भएको शक्तिशाली आँधी ‘क्रिस्टिन’ का कारण देशको मुख्य भूमिमा “विपत्तिजनक” प्रभाव पर्न सक्ने भन्दै कडा चेतावनी जारी गरेको छ । आज बिहान पहिचान गरिएको यो आँधी अजोरेस टापुको उत्तरबाट तीव्र गतिमा पोर्चुगलको मुख्य भूभाग तर्फ सरिरहेको छ । मौसमविद्हरूका अनुसार यो आँधीमा वायुमण्डलीय […]

बुकारेस्ट (रोमानिया) — प्रवासमा आफ्नो भाषा, धर्म, कला, संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने मूल नारालाई आत्मसात गर्दै सन् २०२३ जनवरी १ मा स्थापना भएको नेपाल तामाङ घेदुङ रोमानियाले मञ्जुश्री सम्बत २८६२ ता ल्हो (सोनाम ल्होछार) को पावन अवसरमा आयोजना गरेको बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रम २०२६ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा […]

म्याड्रिड (स्पेन) — स्पेन सरकारले कागजपत्रविहीन आप्रवासीहरूका लागि ठूलो राहतको घोषणा गर्ने तयारी गरेको छ । लामो समयदेखि स्पेनमा बसोबास गरिरहेका तर कानुनी कागजात नभएका आप्रवासीहरूलाई सरकारले अब अस्थायी बसोबासको अनुमति (रेसीडेन्सी) प्रदान गर्ने भएको छ । सत्तारूढ गठबन्धन सरकारले यस सम्बन्धी एक विशेष आदेश मंगलबार अनुमोदन गर्ने तयारी गरेको छ, जसबाट करिब ५ लाख […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको मौसम तथा समुद्र विज्ञान संस्थान (IPMA) र नागरिक सुरक्षा प्राधिकरणले ‘क्रिस्टिन’ नाम दिइएको शक्तिशाली आँधीको चेतावनी दिँदै देशको मध्य र उत्तरी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भोलि, जनवरी २८ तारिखको बिहान पोर्चुगलको मुख्य भूमिमा प्रवेश गर्ने यो आँधीको सामना गर्न भियाना डो कास्टेलो देखि सेतुबलसम्मको सम्पूर्ण तटरेखामा […]

लिस्बन (पोर्चुगल) — “तामाङ जातिको भाषा, धर्म र संस्कृतिको संरक्षण गरौँ” भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार (सर्प वर्ष) आइतबार लिस्बनमा भव्य रूपमा मनाइएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पोर्चुगलभर छरिएर रहेका नेपालीहरूको बाक्लो […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकहरूको सुविधालाई उच्च प्राथमिकतामा राख्दै देशको उत्तरी सहर पोर्टोमा दुई दिने विशेष घुम्ती शिविर (कन्सुलर क्याम्प) सफलतापूर्वक सम्पन्न गरेको छ । राजधानी लिस्बनबाट भौगोलिक रूपमा टाढा रहेका र व्यस्तताका कारण दूतावाससम्म धाउन असमर्थ नेपालीहरूको बाध्यतालाई मध्यनजर गर्दै, दूतावासले यही जनवरी २४ र २५ तारिखमा यो शिविर सञ्चालन गरेको […]