Home Login

रासस — बेलायतमा एक नेपाली युवा आफ्नो कार्यस्थलमै मृत फेला परेका छन् । लन्डन हन्सलोमा बस्दै आएका २७ वर्षीय विपिन न्यौपाने शनिबार दिउँसो उनी कार्यरत लन्डनको वेम्बली स्टेडियमभित्रकै एक कोठमा मृत अवस्थामा फेला परेका हुन् । लन्डनस्थित नेपाली दूतावासको जानकारीअनुसार घटनाबारे बेलायती प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर प्रारम्भिक रुपमा अरु कसैको संलग्नता आशंका […]

साइप्रस — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साइप्रस आइपुगेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनी आइतबार साइप्रस आइपुगेको जानकारी गराएका हुन् । उनी साइप्रसपछि क्यानाडा र क्रोएसियाको भ्रमण गर्ने तयारी गरेका छन् । उनी साइप्रस गणराज्यका राष्ट्रपति निकोस क्रिस्टोडोलिडेसको निम्तामो १५ जुनदेखि १६ सम्म साइप्रसको भ्रमणमा हुनेछन् । भारतीय अधिकारीहरुको भनाइ उधृत […]

इजरायल — इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति भइरहेको जनाउँदै इजरायलस्थित नेपाली दूतावासले सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो । दूतावासले आइतबार एक सूचना जारी गर्दै इजरायली होम फ्रन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न पनि भनेको छ ।  युद्धका कारण शैक्षिक […]

पोर्चुगल —  युरोप्राइड एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रम हो जुन विशेष गरी LGBTQIA+ (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, क्वियर, इन्टरसेक्स, एसेक्सुअल र अन्य) समुदायको अधिकार, समानता र विविधताको उत्सव मनाउन आयोजना गरिन्छ । युरोप्राइडको मुख्य उद्देश्य LGBTQIA+ समुदायका लागि समानता र मानव अधिकारको वकालत गर्नु हो । यसले युरोपभरिका मानिसहरूलाई एकै ठाउँमा ल्याएर ऐक्यबद्धता, समर्थन र उत्सवको […]

पोर्चुगल — फिफाले तय गरेको नयाँ फर्म्याटको क्लब विश्वकप आइतबार देखि शुरु हुदैछ । फिफा क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र इजिप्टको क्लब अल अहलीबीच हुने छ । यो खेल नेपाली समय अनुसार आइतबार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ । जुलाई १३ सम्म अमेरिकामा हुने फिफा क्लब विश्वकप मा ३२ क्लबले भाग लिदैछन् […]

विप्लव काफ्ले । स्पेन — स्पेनस्थित आलिकान्तेको बेमिड्रोममा जारी राहदानी घुम्ती शिविरममा एकै दिन १ सय ७५ जनाले सेवा लिएका छन् । नेपाली राजदूतावास म्याड्रीड स्पेनको आयोजना, राहदानी विभागको समन्वय तथा नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का र एनआरएनए कोष्टाव्लाङकाको सहजीकरणमा २ दिने घुम्ती शिविर गरिएको हो । राहदानी नविकरण तथा नयाँ बनाउन लामो दुरी यात्रा गरेर […]

(गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ब ऐरी र मेयर हेमकर्ण पौडेललाई प्रेस युनियन युरोपका पदाधिकारी हरूले गरे स्वागत तथा विदाई कार्यक्रम) पोर्चुगल — युरोप भ्रमणमा रहनुभएका गोरखापत्र संस्थानका महाप्रबन्धक, दुई दशकभन्दा बढी समयदेखी पत्रकारिता तथा सामाजिक कार्यमा सकृय, सस्थापक सभापति डडेल्धुरा प्रेस युनियन, पुर्व संयोजक, नेपाल प्रेस युनियनका लाल ब ऐरी र इटहरी उपमहानगरपालिकाका मेयर, युवा […]

लिस्बन, पोर्चुगल – पोर्चुगलको वित्तीय क्षेत्रमा एक ऐतिहासिक सम्झौता भएको छ । अमेरिकी लगानी कोष, लोन स्टार फन्ड्स, र फ्रान्सको दोस्रो ठूलो बैंकिङ समूह, Groupe BPCE, बीच नोभो बान्कोको सम्पूर्ण शेयर पूँजी (€६.४ बिलियनमा) बिक्री गर्ने सहमति भएको छ । यो सम्झौताले नोभो बान्कोको पुनर्संरचना अवधिलाई समाप्त गर्दै पोर्चुगिज बैंकिङ बजारमा एक नयाँ अध्यायको सुरुवात […]

काठमाडौँ — युरोपेली संघ (EU) ले हालै नेपाललाई “उच्च जोखिमयुक्त तेस्रो देश” (High-risk third country) को सूचीमा समावेश गरेको छ। यो निर्णय वित्तीय अपराध, विशेष गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न नेपालले देखाएको कमजोरीका कारण आएको हो। यस वर्गीकरणको मुख्य आधार वित्तीय कारबाही कार्यदल (FATF) ले […]

काठमाडौँ —  सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले संसारभर छनोटका खेल भइरहेका छन् । २०२६ को विश्वकपमा पहिलो पटक ४८ वटा टोलीले भाग लिँदैछन्। आयोजक तीन टोली अमेरिका, क्यानडा र मेक्सिकोले स्वतः स्थान बनाइसकेका छन् । १० टोलीले छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेको अवस्था छ। आयोजक र […]