Home Login

पोर्चुगल — पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताए । “यो निश्चित हो,” उनले भिडियो लिङ्कमा साउदी फोरमसँग भने । उनलाई सोधिएको प्रश्नमा उनले भने, “सन् […]

पोर्चुगल — नोभेम्बर महिना सुरु भएसँगै पोर्चुगल लगायत युरोपका अधिकांश देशहरूमा ‘ब्ल्याक फ्राइडे’ (Black Friday) को चर्चा र तयारी तीव्र रूपमा अगाडि बढेको छ । सपिङ मलहरूमा ठूला ‘SALE’ (छुट) का ब्यानरहरू देखिन थालेका छन् भने अनलाइन E-commerce (ई-कमर्स) वेबसाइटहरूले ‘अविश्वसनीय छुट’ को बाचा गर्दै ग्राहकहरूलाई आकर्षित गर्न थालिसकेका छन् । पछिल्ला केही वर्षदेखि नोभेम्बर […]

लिस्बन  — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले ‘लॉट ५’ (Lot 5) अन्तर्गत राहदानीका लागि आवेदन दिएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएको जनाएको छ । दूतावासले सोमबार एक जरुरी सूचना प्रकाशित गर्दै, सूचीमा नाम भएका आवेदकहरुलाई आफ्नो राहदानी बुझिलिन अनुरोध गरेको हो । दूतावासका अनुसार, राहदानी लिन आउँदा आवेदकहरुले केही महत्त्वपूर्ण कागजातहरू अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ […]

साइप्रस (लिमासोल) — युरोपेली मुलुक साइप्रसलाई कर्मथलो बनाइरहेका नेपाली युवाहरूद्वारा सञ्चालित गडग्रेस फुटबल क्लबले एक भव्य सांगीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । साइप्रसको सुन्दर सहर पारालिम्निमा सक्रिय रहेको उक्त क्लबले नोभेम्बर ९ तारिख आइतबारका दिन लिमासोलस्थित नियो फियस्ता बेनक्विट हलमा “म्युजिक फेस्टिवल साँझ” आयोजना गरेको हो । विगत केही वर्षदेखि साइप्रसमा रहेका नेपालीहरूमाझ खेलकुदमार्फत […]

इटाली — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इटालीको नवौं अधिवेशन नोभेम्बर ९ तारिखका दिन इटालीको मिलान शहरमा सम्पन्न भएको छ । अधिवेशनमा नेपाली वाणिज्य दूतावास रोमका तर्फबाट वाणिज्य दूत पाओलो नुगारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा एनआरएनए युरोप संयोजक प्रेम गुरुङ र एनआरएनए इटालीका संस्थापक अध्यक्ष डा. भिमबहादुर बम विशेष अतिथिको रूपमा […]

पोर्चुगल  — क्रिसमस र नयाँ वर्ष २०२६ को अवसर पारेर पोर्चुगलमा युरोप व्यापी फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पोर्चुगलमा सक्रिय रहेको भिजन फुटबल क्लबले “प्रथम भिजन गोल्डकप २०२५” को आयोजना गर्न लागेको हो । आयोजक क्लबका अनुसार, यो ७-ए-साइड फुटबल प्रतियोगिता आउँदो डिसेम्बर २८, आइतबारका दिन लिस्बनस्थित ‘क्याम्पो क्लब फेरोविरियो डे पोर्चुगल’ को […]

इजरायल — नेपाल तामाङ घेदुङ इजरायलको १५ औं वार्षिकोत्सव तथा ११ औं अधिवेशन यहि नोभेम्बर १४ तारिखमा हुने भएको छ । “तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि,संकार र संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं, ताम्सालिङ प्राप्तिको लागी एकजुट हौऔ ।” भन्ने मुल नारा सहित कार्यक्रम हुन लागेको हो । वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रम इजरायलको तेलअभिव स्थित […]

लन्डन — यही नोभेम्बर १५ तारिख शनिबार, लन्डनस्थित ग्रीनफोर्ड हलमा इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड) २०२५ भव्य रूपमा आयोजना हुने भएको छ । इन्फा इभेन्ट यूकेको प्रस्तुतिमा हुन लागेको यो दोस्रो संस्करणको इन्फा अवार्ड नेपाली फिल्म तथा फिल्मकर्मीहरूको एक महाउत्सवका रूपमा मनाइनेछ । इभेन्टमा नेपाल र विदेशमा रहेर नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार, निर्देशक, […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले नर्वेमा बसेका नेपालीहरूसँग भेट्दै देशको समृद्धि र विकासका लागि देश–बिदेशमा रहेका नेपालीबीचको एकता र सामूहिक प्रयास अनिवार्य रहेको बताइन् । नर्वेमा आयोजित कार्यक्रममा उनले भनिन्, “बिदेशमा बसेर मात्र केही हुँदैन, यहाँको संगठन, सामर्थ्य र एकताको बलले नै देश बन्ने हो। देश बन्दै गर्दा अबको १५–२० वर्षमा हामीले […]

पोर्चुगल — गत वर्ष बक्स अफिसमा कीर्तिमानी सफलता हासिल गरेको नेपाली चलचित्र ‘जारी’को दोस्रो श्रृंखला ‘जारी २’ युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपाली दर्शकहरूका लागि यो चलचित्र भोलि आइतबारदेखि नोभेम्बर ९ देखि प्रदर्शनमा आउन लागेको हो । पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा […]