Home Login

पोर्चुगल — नेपालमा भएको जेनजी आन्दोलनकाको क्रममा दुखद घटनाप्रति ऐक्यबद्धता जनाउँदै पोर्चुगलमा रहेका जेनजीको समर्थकहरूको आह्वानमा पोर्चुगलको राजधानी लिस्बनस्थित अलामेडा पार्कमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । पोर्चुगलको राजधानी लिस्बन आसपासमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा, भदौ २४ गते (सेप्टेम्बर ९, २०२५) मा जेनजीद्वारा आयोजित विरोध सभामा अकालमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण […]

काठमाडौँ — नेपालको राजधानी काठमाडौँ तथा देशका अन्य केही स्थानमा भएका हिंसात्मक घटनाप्रति नेपालस्थित सात प्रमुख देशका दूतावासहरूले गहिरो दुःख व्यक्त गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका दूतावासहरूले संयुक्त रूपमा परिस्थितिलाई शान्तिपूर्ण बनाउन र सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका हुन् […]

काठमाडौँ —  नेपाली जनप्रगतिशील मञ्च, युरोपले काठमाडौँ लगायत देशका विभिन्न भागमा “जेन-जी” (नव युवा पुस्ता) द्वारा आयोजित शान्तिपूर्ण आन्दोलनमा नेपाल सरकारले गरेको दमनको कडा शब्दमा निन्दा गरेको छ । मञ्चले आज, ८ सेप्टेम्बर २०२५, आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको दमनलाई “बर्बरतापूर्ण” भन्दै यसको घोर भर्त्सना गरेको हो । विज्ञप्तिअनुसार, यो आन्दोलन देशमा व्याप्त […]

पोर्चुगल — लिस्बनका हजारौं यात्रुहरूले यो हप्ताको मंगलबार र बिहीबार बिहानको समयमा ठूलो यातायात समस्याको सामना गर्नुपर्ने भएको छ । लिस्बन मेट्रोका कर्मचारीहरूले घोषणा गरेको आंशिक हडतालका कारण बिहानको व्यस्त समयमा मेट्रो सेवा पूर्ण रूपमा बन्द हुने भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा, मध्यस्थता अदालतले यस हडतालका लागि न्यूनतम सेवा सञ्चालन गर्न आदेश नदिएपछि सेवा […]

युरोप  —  अक्टोबर ११ देखि १४ सम्म काठमाडौँमा हुने भनिएको गैर–आवासीय नेपाली संघ (एनआरएनए) को  आगामी १२ औ अधिबेशनमा गैर–आवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका वर्तमान उप–संयोजक रोबोट  लिम्बुले आगामी कार्यकालका लागि युरोप संयोजक पदमा आफ्नो उम्मेदवारी दिने भयेका छन । गएको अधिबेशनको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउँदै यूरोप उप–संयोजक पदमा निर्वाचित भएका लिम्बु यसपटकको […]

पोर्चुगलमा कुकुर पाल्नु एउटा सामाजिक प्रतिष्ठा र जीवनशैलीको अभिन्न अंग बनेको छ । बलियो कानुनी प्रावधान, मैत्रीपूर्ण सामाजिक वातावरण र जनावरप्रतिको गहिरो प्रेमले पोर्चुगललाई युरोपकै एक प्रमुख ‘कुकुर-प्रेमी’ राष्ट्रको रूपमा स्थापित गरेको छ । पोर्चुगल — युरोपमा घरपालुवा जनावर, विशेष गरी कुकुर पाल्ने संस्कृति बढिरहेको बेला पोर्चुगल यस मामलामा अग्रणी देशहरूमध्ये एक बनेको छ । […]

काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले आफ्नो ११औं शाखा ललितपुरको कुमारीपाटीमा बिस्तार गरेको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच नेपाल उद्योग बाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले शाखाको उद्घाटन गरिन् । उद्घाटनपछि बोल्दै राणाले फेसियल हाउसको विस्तारले रोजगारी सिर्जनामा महत्वपुर्ण योगदान पुर्याएको बताइन् । फेसियल हाउसले खाली मान्छेलाई राम्रो पार्ने मात्र […]

लण्डन —  क्रिकेटको लहर यसपालि नर्थोल्टतिरै लाग्ने भएको छ । गौतम बुद्ध क्रिकेट क्लबले आउँदो सेप्टेम्बर ६, २०२५ शनिबार, रेक्टरी पार्क, नर्थोल्ट, लण्डनमा आन्तरिक क्रिकेट प्रतियोगिता गर्ने भएको छ । क्लबका खेलाडीहरूलाई एउटै मैदानमा भिडाउन लागिएको यो प्रतियोगिता केवल रन र विकेटको मात्र नभई रमाइलो, जोश-जुनून र साथीभाइबीचको मित्रतासमेतको खेल हुने आयोजकले बताएका छन् । […]

बुखारेस्ट, रोमानिया —  सन् २०२५ मा युरोपेली राष्ट्र रोमानियाको श्रम बजारमा नेपाली कामदारहरूको उपस्थिति र योगदानले ऐतिहासिक उचाइ हासिल गरेको छ । हालैको सरकारी तथ्याङ्क अनुसार, कुल १८ हजार ७ सय ७२ नेपाली नागरिकहरूले रोमानियामा श्रम गरिरहेका छन्, जसले नेपाललाई रोमानियाका लागि विदेशी श्रमिक आपूर्ति गर्ने देशहरूको सूचीमा पहिलो स्थानमा स्थापित गरेको छ । यो […]

पोर्चुगल — लिस्बनस्थित नेपाली राजदूतावासले राहदानीका लागि आवेदन दिएका आवेदकहरुलाई आफ्नो राहदानी बुझिलिनका लागि एक जरुरी सूचना प्रकाशित गरेको छ । “लोट ३” अन्तर्गत राहदानी तयार भएका आवेदकहरुलाई दूतावासले आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो । दूतावासद्वारा जारी सूचना अनुसार, तोकिएको सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भइसकेको छ । राहदानी […]