Home Login

पोर्चुगल — नेपालमा वैशाख २६ देखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगलमा मे २५ तारिख आइतबार पुनः एकपटक प्रदर्शन हुने भएको छ । राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा प्रदर्शनमा आउने लागेको चलचित्र पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा प्रदर्शनमा ल्याउन लागेको हो । उक्त चलचित्र पोर्चुगलको राजधानी […]

बेलायत — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) बेलायत आइपुगेकी छन् । तमुधिं यूकेको आयोजनामा यही आइतबार २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा हुने २३ औं गोर्खाकपमा सहभागी हुन, उनी विहीबार लन्डन आइपुगेकी हुन् । लन्डनको हिथ्रो विमानस्थल उत्रिंदा साम्बालाई गोर्खाकप आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष […]

बार्सिलोना — स्पेनले २०२४ मा १६ लाख शेन्जेन भिसा आवेदनहरू प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको १४ लाख भन्दा १५.६ प्रतिशतले बढी हो। SchengenVisaInfo द्वारा प्रकाशित तथ्याङ्क अनुसार, स्पेन सबैभन्दा धेरै भिसा आवेदकहरू भएको दोस्रो देश बनेको छ । जुन चिनियाँ आवेदकहरूको संख्यामा ७१.३ प्रतिशतको वृद्धिले गर्दा हो, जसले स्पेनमा मात्र २ लाख ५४ हजार […]

पोर्चुगल — लिस्बन मेट्रोका कामदारहरूले ओभरटाइम र विशेष कार्यक्रमहरूको विरोधमा शुक्रबार हडताल गर्ने भएका हुन्, जसको प्रभाव शनिबार हुने महिला च्याम्पियन्स लिग फाइनल र सान्तोस पपुलारेसमा बस्नेहरूको लागि पर्ने भएको छ, युनियन स्रोतले भन्यो । यातायात तथा सञ्चार संघ (फेक्ट्रान्स) का सारा ग्लिगोले ओभरटाइम र विशेष कार्यक्रमहरूमा हडताल ३० दिनसम्म चल्ने र सोही अवधिको लागि […]

विप्लव काफ्ले । स्पेन — गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले स्पेनमा पछिल्लो समय परिवर्तन भएका आप्रवासी सम्बन्धि नियम- कानुनबारे बृहत् छलफल गर्ने भएको छ । यहि सोमबार साँझ ५ बजेदेखि ७ बजेसम्म स्पेनका अधिवक्ताहरुसँग अन्तर्क्रिया कार्यक्रम हुन लागेको हो ।  म्याड्रीड स्थित काठमाडौं फ्युजन रेष्टुरेण्टमा कार्यक्रम हुन लागेको हो । एनआरएनए स्पेनका महासचिव सुन्दर रानाभाटले […]

लन्डन — यस वर्षको गोर्खा कपको विशेष आकर्षण रहेकी नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी साम्बा बिहीबार बेलुका लन्डन आइपुग्ने भएकी छन् ।  हाल फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी साम्बा फ्रान्सबाट सिधै हिथ्रो विमानस्थल उत्रिनेछिन् । उनलाई स्वागत गर्न गोर्खा कपको आयोजक तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसहितको टोली विमानस्थलमा पुग्नेछन् ।  साम्बालाई फ्रान्सबाट लन्डन […]

पोर्चुगल — नेपालको  राजनीतिक अवस्था र वैदेशिक भुमिमा नेपालीले पाएको दुखको बारेमा चित्रण गर्दै एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपाली राजनीतिको खिचातानिले गर्दा युवाहरु बिदेश पलायन हुन परेको भन्दै ‘जती जोगी आएपनि कानै चिरेका’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो । लामो समयदेखि क्रोएसियामा बस्दै आईरहेका कृष्ण अर्यालको शब्द संगित […]

भियना, अष्ट्रिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि राष्ट्रिय महाधिवेशन शनिवार, जुलाई १९, २०२५ मा आयोजना हुने भएको छ । एनआरएनए अष्ट्रिया विशेष बैठकद्वारा मे १९, २०२५ को साँझ ७ बजे भर्चुअल माध्यममार्फत सम्पन्न बैठकले महाधिवेशन तथा सदस्यता सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हो । संघको सचिवालयबाट आएको परिपत्र अनुसार, एनसीसीहरूले […]

पोर्चुगल — विश्वभर मनोरञ्जन क्षेत्रमा सबैभन्दा प्रतिष्ठित व्यक्तित्वहरू मध्ये एक, साइमन काउेल, जुन ४ देखि ६ सम्म लिस्बनको MEO एरिनामा हुने अन्तर्राष्ट्रिय ICON सम्मेलनमा भाग लिन पहिलो पटक पोर्चुगल आउने भएका छन् । मनोरञ्जन उद्योगका एक उद्यमी, रेकर्ड लेबल कार्यकारी र टेलिभिजन र भिडियो निर्माताको रूपमा व्यापक अनुभव भएका, साइमन कावेल एक बहु-पुरस्कार विजेता विश्वव्यापी […]

पोर्चुगल — नेपाल प्रेस युनियन युरोप शाखाले नेपाल प्रेस युनियनको ३४ ओैं स्थापना दिवसको अवसरमा आगामी मे, २५ तारिख आइतबार भर्चुअल माध्यम मार्फत शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । आइतबार हुने कार्यक्रम बेलायत र पोर्चुगलको समयअनुसार दिउँसोको ३ बजे, बेल्जियम समयअनुसार दिउँसोको ४ बजे र नेपाली समयअनुसार रातिको ७ बजेर ४५ मिनेटमा […]