स्पेन — स्पेनको बेनिड्रोममा मंगलबार (१८ नोभेम्बर) जेरी अन टप नेपाली चलचित्र प्रदर्शन हुदैछ । पीकेआर ३३ ले प्रदर्शन गर्न लागेको सो चलचित्रको हालसम्म करिब १ सय टिकट बिक्री भैसकेको छ । बेनिड्रोमको सिने कोल्सी रिनकोनमा दिउँसो १२ बजे फिल्म प्रदर्शन हुदैछ ।
प्रतिव्यक्ति २० युरो टिकट तोकिएको छ । चलचित्र प्रदर्शनबाट हुने आम्दानी आल्वासेतेमा अप्ठ्यारोमा परेका नेपालीहरुको लागि सहयोग गर्ने लक्ष्य लिइएको छ । ´विदेश बसेर नेपाली हिट चलचित्र हेर्ने सबैको रहर पूरा हुदैछ`, सोनल पुनले भने, ´रमाइलो पनि हुनेछ, समाजसेवामा पनि योगदान रहनेछ । सोनल पुन, अमन गुरुङ, समीर गुरुङ, महेन्द्र आले मगर, संकल्प भण्डारी, सजिन पुन, शुसल खत्री, विधान कुँवर, सन्देश पुन, सुरेन्द्र गुरुङ लगायतका युवाहरूले जेरी अन टपको प्रचारप्रसार तीव्र पारेका थिए ।
सुयोग गुरूङले निर्देशेन गरेको यो चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्की लगायतको अभिनय छ । सरोज न्यौपानेले फिल्म निर्माण गरेका हुन् भने हेमराम बिसीको कथा तथा विश्वास तिम्सिनाको पटकथा रहेको छ ।






