साइप्रस — रोजगारीको सिलसिलामा युरोपेली मुलुक साइप्रस पुगेका एक नेपाली युवा गम्भीर सडक दुर्घटनामा परेका छन् । मोरङ जिल्लाका लक्ष्मण श्रेष्ठ गत नोभेम्बर ८ तारिखका दिन साइप्रसमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका हुन् ।
प्राप्त जानकारी अनुसार, श्रेष्ठको हाल साइप्रसको राजधानी निकोसियास्थित ‘जनरल अस्पताल’ मा उपचार भइरहेको छ । दुर्घटनामा परि उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
उनी केही समयअघि मात्रै परिवारको उज्ज्वल भविष्यको सपना बोकेर रोजगारीका लागि साइप्रस आएका थिए । तर, दुर्भाग्यवश उनी सडक दुर्घटनाको शिकार बन्न पुगेका छन् । उनको स्वास्थ्य अवस्था र दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
(अहिले अस्पतालमा बिरामीको अवस्था छ ।)






