Home Login

फ्रान्स — सन् २०२६ को पहिलो महिना जनवरीमा नेपालको पर्यटन क्षेत्रमा युरोपेली पर्यटकहरूको चहलपहल बाक्लिएको छ । विभिन्न युरोपेली मुलुकहरूबाट नेपाल भित्रिने पर्यटकहरूको तथ्याङ्कले पश्चिमा मुलुकहरूमा नेपाल भ्रमणप्रतिको आकर्षण बढ्दै गएको देखाएको छ । यसै सन्दर्भमा युरोपेली मुलुक स्पेनबाट पनि जनवरी महिनामा उत्साहजनक सङ्ख्यामा पर्यटकहरू नेपाल भित्रिएका छन् । प्राप्त तथ्याङ्क अनुसार सन् २०२६ को […]

काठमाडौं – सन् २०२६ को सुरुवातसँगै नेपालको पर्यटन क्षेत्रले ऐतिहासिक फड्को मारेको छ । जनवरी महिनाको तथ्याङ्कले नेपाल अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइमा तीव्र रूपमा परिरहेको देखाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०२६ को पहिलो महिनामा नै नेपालले ९२,५७३ अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या केवल अघिल्लो वर्ष (जनवरी २०२५) को तुलनामा १५ […]

पोर्चुगल – सन् २०२६ को पहिलो महिना नेपालको पर्यटन क्षेत्रका लागि सुखद देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्, जुन सन् २०२५ को सोही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो । यो वृद्धि कोभिड–१९ महामारीपूर्वको सन् २०१९ को तुलनामा समेत १४ प्रतिशतले धेरै रहेको बोर्डले जनाएको […]

सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा नोभेम्बरमा मात्रै सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट सात हजार ८७१, […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्रले सन् २०२५ मा ऐतिहासिक सफलता हासिल गरेको छ । ‘बैंक अफ पोर्चुगल’ ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, यस वर्षको सेप्टेम्बरसम्ममा देशको पर्यटन राजस्व २३.५ अर्ब युरो भन्दा माथि पुगेको छ । पर्यटकीय सिजनको अन्त्यतिर पनि पोर्चुगलले विदेशी पर्यटकहरूबाट हुने आम्दानीमा वृद्धि कायम राखेको छ । […]

युरोप — नेपालमा विदेशी पर्यटकको अगामन ३ प्रतिशतले बढेको छ । गत बर्षको अक्टोबर महिनामा भन्दा यस बर्षको अक्टोबरमा नेपाल आउने विदेशी पर्यटकको संख्या ३.३ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको अक्टोबरमा कुल एक लाख २८ हजार ४४३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको अक्टोबरमा एक लाख २४ हजार […]

लिस्बन — पोर्चुगलको पर्यटन क्षेत्रले यस वर्षको अगस्ट महिनामा एक नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । बैंक अफ पोर्चुगलद्वारा जारी र ECO ले रिपोर्ट गरेको पछिल्लो तथ्याङ्कअनुसार, अगस्ट २०२५ मा देशको यात्रा र पर्यटन निर्यात बढेर कुल ४.३ बिलियन युरो (चार अर्ब तीस करोड युरो) पुगेको छ । यो आँकडाले पोर्चुगलको अर्थतन्त्रमा पर्यटन क्षेत्रको […]

सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । तर यसै बर्षको फेब्रुअरी, मार्च र अप्रिलको तुलनामा भने उच्च गिरावट आएको छ । बोर्डको तथ्याङ्क अनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ […]

स्पेन (म्याड्रिड) । युरोपको गर्मीयामको मुख्य महिना जुलाईमा स्पेन पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ । भूमध्यसागरीय तट, ऐतिहासिक सहर र जीवन्त संस्कृतिका लागि प्रख्यात स्पेनले यो वर्ष पनि लाखौं विदेशी पर्यटकलाई आकर्षित गरेको छ । आधिकारिक तथ्याङ्कहरूले देखाएअनुसार, जुलाई महिनामा स्पेन भ्रमण गर्ने पर्यटकहरूमा सबैभन्दा ठूलो संख्या बेलायती नागरिकको रहेको छ भने त्यसपछि क्रमशः जर्मनी […]

लिमासोल, साइप्रस — गर्मी मौसमको मध्यतिर आइपुग्दा साइप्रसका पर्यटकीय क्षेत्रहरूमा चहलपहल ह्वात्तै बढेको छ । होटल व्यवसायी संघ (पासिक्से) का अनुसार, टापुका होटलहरू अगस्ट महिनाको मध्यमा लगभग पूर्ण रूपमा भरिने अवस्थामा पुगेका छन्, जसले पर्यटन व्यवसायीहरूलाई उत्साहित बनाएको छ । यद्यपि, अनियन्त्रित रूपमा सञ्चालित छोटो अवधिका भाडाका सम्पत्तिहरूले समग्र पर्यटन उद्योगमा चुनौती खडा गरेको छ […]