Home Login
पर्यटक

अगस्ट महिनामा युरोपबाट नेपाल घुम्न जाने पर्यटकको संख्यामा वृद्धि

सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । तर यसै बर्षको फेब्रुअरी, मार्च र अप्रिलको तुलनामा भने उच्च गिरावट आएको छ ।

बोर्डको तथ्याङ्क अनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट सात हजार ५३३ अर्थात् ८ दशमलव ५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६ दशमलव ८ प्रतिशत, श्रीलङ्काबाट पाँच हजार ९५६ अर्थात् ६ दशमलव ७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४ दशमलव ८ प्रतिशत पर्यटक भित्रिएका छन् ।

सन् २०२५ को जनवरीदेखि अगस्तसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । तथ्याङ्क अनुसार, जनवरीमा ७९,९९१ जना पर्यटक नेपाल आएका थिए । त्यसपछि फेब्रुअरीमा ९६ हजार ८ सय ८० र मार्चमा १ लाख २१ हजार ६ सय ८७ जना पर्यटकको आगमनसँगै यो संख्या उच्च बिन्दुमा पुगेको थियो । तर त्यसपछि भने कुल पर्यटकको संख्या घट्दै गयो, अप्रिलमा १ लाख १६ हजार ४ सय ९०, मेमा ८६ हजार २ सय १६, जुनमा ७६ हजार ४ सय २५ र जुलाईमा ७० हजार १ सय ९३ मा झर्यो ।

मार्च महिनामा ११ हजार ९२ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका थिए, जुन यस वर्षको सबैभन्दा उच्च संख्या हो । तर त्यसपछि यो संख्या निरन्तर घट्दै गएको छ । अप्रिलमा १० हजार ५३ र मे महिनामा ९ हजार ७४ अमेरिकी पर्यटक नेपाल आएका थिए । गर्मी महिनामा पनि यो गिरावट जारी रह्यो, जुनमा ९ हजार ६ सय ९६ र जुलाईमा ६ हजार ६ सय २६ पर्यटक मात्र आए ।

सबैभन्दा पछिल्लो तथ्याङ्क अनुसार अगस्टमा यो संख्या घटेर ६ ६८ मा पुगेको छ, जुन यस वर्षको सबैभन्दा न्यून हो । मार्चमा ११ हजार भन्दा बढी रहेको अमेरिकी पर्यटक संख्या अगस्टमा ६ हजारको हाराहारीमा झर्नु नेपालको पर्यटन उद्योगका लागि चिन्ताको विषय हो, किनकि यो उद्योग अन्तर्राष्ट्रिय पर्यटकमा धेरै निर्भर छ । यद्यपी जनवरीमा ८ हजार ६३ र फरबरीमा १० हजार ३ सय ४८ अमेरिकी पर्यटक नेपाल गएका थिए ।

त्यस्तै अगस्ट महिनामा युरोपबाट ११ हजार १ पर्यटक नेपाल भित्रिएका छन् ३२ पर्यटक नेपाल भित्रिएका छन् । गतवर्ष सोही अवधिको सोही महिनाको तुलनामा १२. ६ प्रतिशतले वृद्धि भएको हो ।

अगस्ट महिनामा युरोपेली मुलुक इटाली र स्पेनबाट नेपाल घुम्न जाने पर्यटकको संख्यामा वृद्धि भएको छ । अगस्ट महिनामा स्पेनबाट नेपाल घुम्न जाने पर्यटकको संख्या १ हजार ४ सय ९१ रहेको छ । त्यस्तै युरोपको इटालीबाट १ हजार ७ सय ५१ रहेका छन् । गत महिनाको सोही अवधिको तुलनामा २ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै युरोपको बेल्जियमबाट ३१९ पर्यटकहरू नेपाल भित्रिएका छन् । त्यसो त जर्मनीबाट पनि अगस्ट महिनामा १ हजार ८७ जना पर्यटकहरू नेपाल भित्रिएका हुन् । त्यस्तै पछिल्लो समय युरोपेली मुलुकबाट नेपाल भित्रिने पर्यटकहरूको संख्यामा केही सुधार आएको छ ।

Leave a Reply