Home Login

क्रोएसिया — युरोपियन मुलुक क्रोएसिया पुगेका ११ जना नेपालीलाई निष्कासन गरी फिर्ता पठाइएको छ । भिसामा कैफियत देखिएपछि उनीहरूलाई विमानस्थलबाटै निष्कासन गरी नेपाल फिर्ता पठाइएको हो । फिर्ता पठाइनेमा सुनुवार, श्रेष्ठ, राना, चौधरी, लिम्बु, विश्वकर्मा, मगर, कार्की सुब्बा, वली र तामाङ थर गरेका व्यक्तिहरू रहेका छन् । उनीहरूलाई फ्लाई दुबईको विमानबाट बुधबार काठमाडौं फर्काइएको हो […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा रहेको पोखरा फुटबल क्लब पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न भएको छ ।  गत जुन २२ तारिख पोर्चुगलको राजधानी लिस्बनस्थित बेला-बिस्ता पार्कमा सम्पन्न भएको अधिवेशनले सौगात थापा मगरलाई अध्यक्ष पदमा सर्बसम्मत निर्बाचित भएका हुन् । प्रथम अधिवेशनबाट उपाध्यक्षमा सन्जिब श्रेष्ठ र सुजन आले निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा मनोज गुरुङ, सह-सचिवमा […]

विप्लव काफ्ले — स्पेनमा एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ । स्पेनको आल्तेयमा बस्दै आएका नवलपुरका विजय कुँवरको विहान २ बजे निधन भएको हो । नजिकैको समुन्द्रमा पौडी खेल्ने क्रममा निधन हुन पुगेको हो । कुँवर १२ वर्षदेखि स्पेनमा बस्दै आएका थिए । नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काको महासचिव रहेका उनी सेफ (कुक) थिए । उनको […]

माल्टा — माल्टाको स्लिएमा क्षेत्रको समुद्रमा पौडी खेल्ने क्रममा एक नेपाली युवकको ज्यान गएको छ । नेपाल नवलपरासी दलदले घर भइ माल्टाको क्‍वर्मीमा बसोबास गर्ने २५ वर्षीय न्यौपाने थर भएका  युवक समुद्रमा पौडी खेल्ने क्रममा अचानक गाह्रो महसुस गरी बेहोस भएका थिए । लगत्तै मंगलबार बिहान १ बजे साथीहरूको सहयोगमा  युवकलाई मातर देई अस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनलाई […]

पोर्चुगल — पोर्चुगलको शीर्ष फुटबल क्लब एफसी पोर्टोले इटालियन फ्रान्सेस्को फारिओलीलाई आफ्नो नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ । क्लबले सोमबार, जुलाई ७, २०२५ मा फारिओलीको नियुक्ति आधिकारिक रूपमा घोषणा गरेको हो । ३६ वर्षीय फारिओलीले डच क्लब आयाक्सबाट पोर्टोमा आएका हुन् । उनले क्लबसँग दुई-सिजनको सम्झौतामा हस्ताक्षर गरेका छन्, जसले उनलाई सन् २०२७ […]

म्याड्रिड — गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको आठौं अधिवेशन जुलाई ६ आइतवार सम्पन्न भएको छ । केन्द्रीय पर्यबेक्षक तथा गैर आवासीय नेपाली संघ स्पेनका बरिष्ठ उपाध्यक्ष रोशन पाठकका अनुसार सर्बसम्मत कार्यसमिति निर्बाचित भएको हो । नव निर्बाचित कार्यसमितिलाई रोशन पाठकले बधाई तथा शुभकामना दिदै समाजलाई एकजुट बनाएर अगाडी बढाउने आशा ब्यक्त गर्नु भएको […]

काजाब्लांका, क्यासेल्लो — नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको चौथौ अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । अधिबेशनको उदघाटन गर्दै प्रमुख अतिथी वेनेलक्स र युरोपियनका लागि राजदुत सेवा लम्सालले नेपालका आदिबासी जनजाति देशको गहना भएको बताऊदै प्रवासमा आ-आफ्नो नेपाली कला सस्कृतीलाई जिवन्त राख्दै अरूलाई समेत चिनारी गराऊनु पर्ने बताऊनु भयो । अर्का बिशिष्ठ अतिथी गैर आवीसीय […]

नर्वे (ओस्लो) — गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा राजधानी ओस्लोको Vallhall Arena मैदानमा आयोजित ऐभरेस्ट कप फुटबस २०२५ भव्य रूपमा सम्पन्न भएको छ । एभरेस्ट कप फुटबल एनआरएनए एनसीसी नर्वेले आयोजना गर्ने वार्षिक फुटबल प्रतियोगिता हो । २००८ मा नर्वेको ओसमा चट्याङ बाट निधन भएका नेपाली विद्यार्थी कञ्चन कार्कीको स्मृतिमा हरेक बर्ष एनआरएनए एनसीसी […]

पोर्चुगल – पछिल्ला केही वर्षहरूमा पोर्चुगलका नागरिकहरूले विदेशमा बसोबास गर्ने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको देखिएको छ । शिक्षा, रोजगारी, उच्च जीवनस्तर र कर सुविधाका लागि पोर्चुगलका हजारौं नागरिकहरूले अन्य देशमा बसाइँ सरेका छन् । फ्रान्स : फ्रान्स पोर्चुगलका नागरिकहरूका लागि दशकौंदेखि प्रमुख गन्तव्य हो । यहाँ अनुमानित ७ लाखभन्दा बढी पोर्चुगाली मूलका मानिसहरू बसोबास गर्छन् […]

पोर्चुगल — विगत केही वर्षदेखि, पोर्चुगल अमेरिकी र अन्य युरोपेली नागरिकहरूका लागि बिदा मनाउने प्रमुख गन्तव्यको रूपमा स्थापित भएको छ । सन् २०२४ मा ३ करोड पर्यटक भित्र्याएर कीर्तिमान बनाएको पोर्चुगलमा यो वर्ष पनि पर्यटकको घुइँचो उत्तिकै छ । आखिर के छ त पोर्चुगलमा जसले गर्दा विश्वका सम्पन्न देशका नागरिकहरू पनि यहाँ आउन लालायित हुन्छन् […]