Home Login

पोर्चुगल — पोर्चुगलको युवा टोलीले ऐतिहासिक प्रदर्शन गर्दै सन् २०२५ को फिफा यू–१७ विश्वकपको उपाधि जितेको छ । कतारको दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले यो प्रतिष्ठित उपाधि उचालेको हो । यो जितसँगै पोर्चुगलले यू–१७ उमेर समूहको विश्वकप फुटबलको इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेख्न सफल […]

म्याड्रिड — बालबालिका तथा किशोरकिशोरीहरूमा सामाजिक सञ्जाल र डिजिटल उपकरणको लत गम्भीर स्वास्थ्य समस्याको रूपमा देखा पर्न थालेपछि, युरोपका दुई छिमेकी राष्ट्रहरू—पोर्चुगल र स्पेन—ले यस विरुद्ध लड्न संयुक्त रणनीति तयार गरिरहेका छन् । पोर्चुगलको राष्ट्रिय जीवन विज्ञान परिषद् (CNECV) र स्पेनी बायोएथिक्स समितिले ‘दुवै देशका लागि अत्यन्तै चिन्ताजनक’ बनेको यो विषयलाई सम्बोधन गर्न एक संयुक्त […]

फ्रान्स — बालबालिका तथा किशोरकिशोरीहरूमा सामाजिक सञ्जालको बढ्दो लत र यसबाट सिर्जना भएका मानसिक तथा सामाजिक समस्याहरूलाई मध्यनजर गर्दै युरोपेली संसदले ऐतिहासिक कदम चालेको छ । संसदले हालै युरोपेली संघ (इयु) का २७ वटा देशहरूमा लागू हुने गरी सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर हद र कडा नियमनको माग गर्ने प्रतिवेदन अत्यधिक बहुमतले पारित गरेको […]

पोर्चुगल (लिस्बन) — नेपाली राजदूतावास लिस्बनले संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८२ को अवसरमा आयोजना गरेको लेख/रचना लेखन प्रतियोगिताको नतिजा आज सार्वजनिक गरेको छ । दूतावासले ‘नेपालको आर्थिक विकासमा पोर्चुगलबासी नेपालीको भूमिका र अवसरहरु’ विषयक खुल्ला लेख लेखन प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पोर्चुगलको पोन्टे डे सोर मा बसोबास गर्दै आएका प्रशान्त श्रेष्ठ प्रथम […]

न्यूजिल्याण्ड — विश्वभरी आप्रवासनमा नयाँ नयाँ नियमहरु प्रतिपादन हुँदै गर्दा सबैले आआफ्नो देशमा लगानी भित्र्याउने र राम्रा मानिसहरुलाई आकर्षण गर्ने होडवाजी चली रहेको छ । त्यसको पछिल्लो देश हो न्यूजिल्याण्ड । २०२५ नोभेम्बर २४ देखि न्यूजीलेन्डले नयाँ बिजनेस इन्भेष्टर वर्क भिसाको आवेदन खुला गरेको छ । जसलाई गोल्डन भिषा नामाकरण गरिएको छ । उनिहरुको उदेश्य […]

लिस्बन  — वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगलमा रहँदै आउनुभएका एक नेपाली युवा विगत केही महिनादेखि सम्पर्कविहीन हुनुभएको छ । कास्की जिल्ला, पोखरा महानगरपालिका-३३, बागमारा घर भई हाल पोर्चुगलमा कार्यरत सरोज आचार्य गत सेप्टेम्बर महिनादेखि परिवार र आफन्तको सम्पर्कबाट टाढा हुनुभएको हो । करिब एक वर्ष अघि सुनौलो भविष्यको खोजीमा पोर्चुगललाई आफ्नो कर्मथलो बनाउन पुग्नुभएका […]

पोर्चुगल — पोर्चुगलका विमानस्थलहरूमा, विशेष गरी राहदानी जाँचमा यात्रुहरूले भोग्नुपरेको लामो लाइन र ढिलाइको समस्या समाधान गर्न सरकारले महत्त्वपूर्ण कदम चालेको छ । पोर्चुगलको सार्वजनिक सुरक्षा प्रहरी (PSP) ले युरोपेली सीमा तथा तटरक्षक एजेन्सी सँग मिलेर काम गर्ने सम्झौता गरेको छ । यस अन्तर्गत सन् २०२६ को सुरुदेखि पोर्चुगलका मुख्य विमानस्थलहरूमा लगभग ५० जना फ्रन्टेक्सका […]

पोर्चुगल — पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि लागेको प्रतिबन्धको विषयमा फिफाले अन्तिम निर्णय गरेको छ । यो निर्णयसँगै रोनाल्डो अब २०२६ विश्वकपको मुख्य चरणको आफ्नो पहिलो खेल खेल्न पाउने भएका छन् । फिफाको अनुशासन समितिले ४० वर्षीय रोनाल्डोलाई सुरुमा ३ खेलको प्रतिबन्ध सुनाएको थियो । तर, यसमा महत्त्वपूर्ण सर्त राखिएको छ । ३ खेलमध्ये २ खेलको […]

पोर्चुगल — पोर्चुगलको यू-१७ राष्ट्रिय फुटबल टोलीले फिफा यू-१७ विश्वकप २०२५ को फाइनलमा स्थान बनाएर इतिहास रचेको छ । पोर्चुगलले आफ्नो पहिलो विश्वकप फाइनल यात्रामा बलियो प्रतिद्वन्द्वी ब्राजिल लाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गरेको हो । कतारको दोहामा भएको निकै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा पोर्चुगलले ब्राजिललाई स्तब्ध पार्दै फाइनलमा प्रवेश गर्‍यो । पोर्चुगल र ब्राजिलबीचको खेल […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगललगायत सिङ्गो युरोप महादेश अहिले महान् चाड क्रिसमसको रङमा रङ्गिन थालेको छ । नोभेम्बर महिनाको अन्त्यसँगै चिसो स्याँठ बढे पनि सहरका चोक, गल्ली र घरहरूमा बलेका रङ्गीचङ्गी बत्तीले न्यानो र उत्साहजनक वातावरण सिर्जना गरेका छन् । अङ्ग्रेजी पात्रो अनुसार डिसेम्बर २५ मा मनाइने येशू ख्रीष्टको जन्मदिनको लागि युरोपमा एक महिना अगाडिदेखि […]