Home Login

अमेरिकी पासपोर्ट विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ । हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार अमेरिकी पासपोर्ट १२औँ स्थानमा पुगेको छ । पासपोर्ट इन्डेक्सले २० वर्षमा यस्तो पहिलोपटक भएको उल्लेख गरेको छ । अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ । सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ भने […]

बेलायत — बेलायत सरकारले आप्रवासन नियन्त्रणलाई कडा बनाउँदै विदेशीहरूका लागि भिसा नियमहरूलाई थप कठोर बनाउने घोषणा गरेको छ ।  सदनमा प्रस्तुत गरिएका नयाँ नियमहरूअनुसार अब ‘स्किल्ड वर्क भिसा’का लागि आवेदन दिनेहरूले ए–लेभल (कक्षा १२) बराबरको अंग्रेजी (बी–२ स्तर)बोल्ने, पढ्ने, लेख्ने र बुझ्ने क्षमता प्रमाणित गर्नुपर्नेछ । यो ‘सिक्योर इंग्लिस ल्यांग्वेज टेस्ट’ २०२६ जनवरी ८ बाट […]

जर्मनी — सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता  गर्ने निर्णय गरेको हो । उनीहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए । फिर्ता हुने राजदूतहरुमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनी शैल रुपाखेती, इजरायल […]

मलेसिया (क्वालालम्पुर) — मलेसियाको राजधानी क्वालालम्पुरमा आगामी साता आयोजना हुने ४७ औं दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । सम्मेलनलाई सुरक्षित र सुचारु रूपमा सम्पन्न गर्न सहरको केन्द्र भाग लगभग पूर्ण रूपमा बन्द गरिने भएको छ भने देशभरबाट १६ हजार प्रहरी परिचालन गरिनेछ । मलेसियाका परराष्ट्र मन्त्री […]

काठमाडौं — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् […]

विदेशीबाट परिचालित समूह र सरकारविरुद्ध कात्तिक १५ गते आन्दोलन घोषणा, आन्दोलनका घाइते र वास्तविक आन्दोलनकारीलाई पाखा लगाइएको दाबी गरेको भन्दै स्वतन्त्र जेनजी समूहले आपत्ति जनाएको छ । स्वतन्त्र जेनजी समूहका संयोजक तथा आन्दोलनको घाइते समेत रहेका रुपेन्द्र दाहालले वक्तव्य जारी गर्दै वास्तविक जेनजीलाई ओझेलमा पारेर सुधन गुरुङजस्ता आइएनजिओ र विदेशी दूतावासबाट परिचालित अदृश्य शक्तिले राष्ट्रिय […]

विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ) ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो । उक्त […]

सम्पादकीय — युरोपमा अनलाइन डिजिटल पत्रिका, युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालि युरोपाटी डट.कम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । द्रुत रुपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा दुई वर्षेको यात्रालाई हामीले ठूलो अनुभवका रुपमा लिएका छौं । हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा […]

पोर्चुगल :  पोर्चुगलको सार्वजनिक सुरक्षा प्रहरी (PSP) ले सन् २०२५ को पहिलो छ महिनामा सीमा नियन्त्रणमा गरेको कडाइको विस्तृत तथ्याङ्क सार्वजनिक गरेको छ । यस अवधिमा १,२५० विदेशी नागरिकलाई पोर्चुगल प्रवेश गर्नबाट रोकिएको छ भने कागजात ठगी जस्ता गम्भीर अपराधमा संलग्न ३१४ जनालाई पक्राउ गरिएको छ । यो तथ्याङ्कले पोर्चुगलले आफ्नो सीमा सुरक्षा र आप्रवासन […]

बेलायत — बेलायतको सत्तारुढ लेबर पार्टीका सांसद ग्यारथ थोमसले लन्डन र काठमाडौंबीच सिधा हवाई उडान सुरु गर्न माग गर्दै एक हस्ताक्षर अभियान (पिटिशन) सुरु गरेका छन् । ह्यारो वेष्टबाट चौथो पटक निर्वाचित सांसद थोमसले नेपाली समुदायको बलियो मागलाई सम्बोधन गर्दै यो अभियान सुरु गरेको जनाएका छन् । सांसद थोमसले आफ्नो पिटिशनमा बेलायतमा रहेको नेपाली समुदाय […]