Home Login

हाम्रो हालको फेसबुक रिल्स

अमेरिका — नेपालस्थित अमेरिकी दुतावासले भिसा आवेदनमा सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुनसक्ने जनाएको छ । यदि कसैले भिषा आवेदन गरेका छन भने सामाजिक सन्जाल लक गरेको हुनु हुँदैन यदि त्यसो भएको छ भने त्यहि कारण भिषा नपाउने संभावना हुने बुधबार अमेरिकी दूतावास काठमाडौंले चेतावनी जारी गरेको हो । सामाजिक सञ्जालबाट विवरण नदिएमा भिसा […]

मेड्रिड — प्रधानमन्त्री केपी शर्मा ओली स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको नेपाल–स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली बिहीवार साँझ रेलमार्गबाट मेड्रिड आइपुग्नुभएको हो ।

काठमाडौं — राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट नेपालको फुल कन्ट्याक्ट कराँतेलाई विधिसम्मत रूपमा मान्यता दिई गठन गरिएको तदर्थ समितिको सम्मानमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार त्रिपुरेश्वरस्थित रंगशालामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको सभापतित्व आयोजक तथा फुल कन्ट्याक्ट कराँतेका संस्थापक महागुरु सिहान जगत प्रसाद गौचनले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राखेपका सदस्य सचिव […]

पोर्चुगल — नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो । नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढङ्गले प्रस्तुत गर्दै आएको छ । बोर्डले […]

पोर्चुगल — युरोपमा पछिल्लो केही दिनयता जारी चरम गर्मीले जनजीवन अस्तव्यस्त बनाएको छ। फ्रान्स, इटाली, स्पेन र पोर्चुगल जस्ता देशहरूमा सर्वाधिक प्रभाव परेको छ भने बेलायत पनि दोस्रो पटकको गर्मी लहरको चपेटामा परेको छ । करोडौं मानिसहरू खतरनाक तापक्रमको थप दिनहरूको सामना गर्न तयारी अवस्थामा छन् । यो गर्मी लहर अझै केही दिनसम्म यथावत् रहने […]

सेभिल्ला (स्पेन) — संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आज द्विपक्षीय भेटवार्ता भएको छ। स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबीच सम्पर्कलगायत विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले समकक्षी […]

नारायणगढ — यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई(पाङ्ग्रे सवारी एक्सचेन्ज इभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित यामाहा ब्लु फेष्ट एक्सचेन्ज मेला को शुरु भएको छ । दुई (पाङ्ग्रे सवारीसाधान प्रेमीहरूलाई आकर्षित पार्ने उद्देश्य अनुरुप २०८२ आषाढ १५ गतेदेखि आषाढ २० गते सम्म नारायणगढ स्थित क्याम्पसचोकमा (सि.जी.ल्याण्डमार्क सँगै) मेलाको शुरु भएको हो । एक साता सम्म जारी रहने […]

काठमाडौं — ब्रेनल्याण्ड एकेडेमी, सुकेधारा निलोपुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता प्राप्त गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले असार १३ गते सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट सहभागी भएका २५ जना सम्पूर्ण विद्यार्थीले ४।०० जिपिएसहित उत्तीर्ण भएका छन। विद्यालयका सहायक प्रिन्सिपल प्रशान्त दाहालले उक्त नतिजाप्रति गर्व व्यक्त गर्दै भने, “हामीले यस वर्ष २५ […]

काठमाडौ । सेफ्स एसोसिएसन अफ नेपालले दही चिउरा प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।एसोसिएसनले धान दिवस तथा असार पन्ध्रको अवसरमा रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आइतबार उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले नेपालमा मनाईने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए । उनले […]

मड्रिड (स्पेन) — विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुगेका छन्। प्रधानमन्त्री ओलीलाई यहाँ स्थित अडोल्फो सौरेज बराजाज अन्तरराष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री […]