Home Login
बेलायत

बेलायतको भिसा नीति कठोर बन्दै

बेलायत — बेलायत सरकारले आप्रवासन नियन्त्रणलाई कडा बनाउँदै विदेशीहरूका लागि भिसा नियमहरूलाई थप कठोर बनाउने घोषणा गरेको छ । 

सदनमा प्रस्तुत गरिएका नयाँ नियमहरूअनुसार अब ‘स्किल्ड वर्क भिसा’का लागि आवेदन दिनेहरूले ए–लेभल (कक्षा १२) बराबरको अंग्रेजी (बी–२ स्तर)बोल्ने, पढ्ने, लेख्ने र बुझ्ने क्षमता प्रमाणित गर्नुपर्नेछ । यो ‘सिक्योर इंग्लिस ल्यांग्वेज टेस्ट’ २०२६ जनवरी ८ बाट लागु हुनेछ ।

बेलायत सरकारले ल्याएका यी परिवर्तनहरूले विदेशी विद्यार्थीहरू र विश्वभरका कामदारहरूलाई प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।

विदेशी विद्यार्थीका लागि प्रमुख परिवर्तनमध्ये एक, बेलायतमा अध्ययन पूरा गरेपछि ‘ग्रेजुएट रूट भिसा’अन्तर्गत जागिर खोज्ने अवधिलाई हालको दुई वर्षबाट घटाएर १८ महिना गरिएको छ । यो नियम २०२७ जनवरी १ बाट लागु हुनेछ ।

तर, पीएचडी प्राप्त विद्यार्थीका लागि पहिलेकै जस्तो तीन वर्षको अनुमति रहनेछ । बेलायत सरकारले धेरै विद्यार्थी ग्राजुएटस्तरको रोजगारीमा नजाँदा कार्यक्रमको उद्देश्य पूरा हुन नसकेका कारण यो परिवर्तन गरिएको बताएको छ ।

Leave a Reply