Home Login
राजनीति

विदेशीबाट परिचालित समूह र सरकारविरुद्ध कात्तिक १५ गते आन्दोलन घोषणा

विदेशीबाट परिचालित समूह र सरकारविरुद्ध कात्तिक १५ गते आन्दोलन घोषणा, आन्दोलनका घाइते र वास्तविक आन्दोलनकारीलाई पाखा लगाइएको दाबी गरेको भन्दै स्वतन्त्र जेनजी समूहले आपत्ति जनाएको छ ।

स्वतन्त्र जेनजी समूहका संयोजक तथा आन्दोलनको घाइते समेत रहेका रुपेन्द्र दाहालले वक्तव्य जारी गर्दै वास्तविक जेनजीलाई ओझेलमा पारेर सुधन गुरुङजस्ता आइएनजिओ र विदेशी दूतावासबाट परिचालित अदृश्य शक्तिले राष्ट्रिय स्वाधीनता र संविधानमाथि नै हमला गर्न खोजेको आरोप लगाएका छन् ।

स्वतन्त्र जेनजी समूहले विदेशी शक्तिले अन्तरिम सरकार चलाउन थालेको भन्दै यसविरुद्ध स्वतन्त्र जेनजी समूह नेपालले कात्तिक १५ गते आन्दोलन घोषणा गरेको वक्तव्यमा उल्लेख छ । सुधन गुरुङको मनपरी र सरकारको लाचारीविरुद्ध आन्दोलन घोषणा गरेको उनले बताएका छन् ।

Leave a Reply