Home Login

लिस्बन (पोर्चुगल) — पोर्चुगल सरकारले देशमा अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई फिर्ता पठाउने प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कानुनी व्यवस्थालाई अनुमोदन गरेको छ । मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पदका मन्त्री एन्टोनियो लेइटाओ अमारोले यो नयाँ व्यवस्था आप्रवासन नीति सुधारको ‘अन्तिम प्रमुख अंश’ भएको बताएका छन् । यो प्रस्ताव अब संसदमा पेस […]

लिस्बन (पोर्चुगल) — बैंक अफ पोर्चुगलले विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा ‘७ युरोको बैंकनोट’ जारी गर्ने भन्ने समाचार पूर्ण रूपमा झुटो भएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेका यस्ता दाबीहरू पछि केन्द्रीय बैंकले बिहीबार एक आधिकारिक चेतावनी जारी गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गरेको हो । पछिल्लो समय टिकटक, फेसबुक र ट्विटर […]

काठमाडौँ — राहदानी विभागले लामो समयदेखि देखिएको राहदानी (पासपोर्ट) पुस्तिकाको अभाव र त्यसबाट सिर्जित समस्या समाधान भएको घोषणा गरेको छ । विभागले फ्रान्सेली आपूर्तिकर्ता कम्पनीसँग नयाँ सम्झौता गरेसँगै अब सेवाग्राहीले भोग्दै आएको सास्ती अन्त्य हुने भएको हो । विभागले जारी गरेको पछिल्लो सूचना अनुसार, राहदानी छपाइ र वितरण प्रक्रियालाई पूर्ववत अवस्थामा फर्काउन र सेवालाई थप […]

पोर्चुगल — पोर्चुगलको संसदले हालै नागरिकता कानूनमा कडा परिवर्तन गर्ने प्रस्ताव पारित गरेपछि आप्रवासी समुदायमा ठूलो हलचल मच्चिएको थियो । तर, सोसलिस्ट पार्टी (PS) को हस्तक्षेपपछि यो प्रक्रियामा “ब्रेक” लागेको छ, जसले हजारौं आप्रवासीलाई तत्कालका लागि राहत दिएको छ । अक्टोबर २८ मा संसदले अनुमोदन गरेको र नोभेम्बर १३ मा संवैधानिक अदालतमा पठाइएको यो कानूनको […]

बेलायत — बेलायतले अब आफ्ना नागरिक फिर्ता लिन नमान्ने मुलुकहरूलाई भिसा नदिने नीति लागू गर्ने भएको छ । बेलायती गृहमन्त्री शबाना महमुदले सोमबार सार्वजनिक गरेको यो कडा कदम ‘अवैध आप्रवासन रोक्न’ ल्याइएको बताइएको छ । पहिलो चरणमा अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रका नागरिकहरूलाई युके भिसा रोक्ने निर्णय गरिएको छ । यी देशहरूले आप्रवासी फिर्ता […]

काठमाडौँ —  असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा ७९ प्रतिशतले धेरै हो । असोज महिनामा […]

ब्रसेल्स — युरोपेली आयोगले रूसी नागरिकहरूले गर्ने भिसा आवेदनहरूमाथि नयाँ, कडा प्रतिबन्धहरू लागू गर्ने एक कार्यान्वयन निर्णय जारी गरेको छ । नोभेम्बर ०७ देखि लागू भएको यो निर्णयसँगै रूसी नागरिकहरूका लागि बहु-प्रवेश शेन्जेन भिसा जारी गर्न पूर्ण रूपमा बन्द गरिएको छ । यसको अर्थ अब रूसी नागरिकहरूले युरोपेली संघ (ईयू) को प्रत्येक यात्राका लागि छुट्टाछुट्टै […]

पोर्चुगल — नोभेम्बर महिना सुरु भएसँगै पोर्चुगल लगायत युरोपका अधिकांश देशहरूमा ‘ब्ल्याक फ्राइडे’ (Black Friday) को चर्चा र तयारी तीव्र रूपमा अगाडि बढेको छ । सपिङ मलहरूमा ठूला ‘SALE’ (छुट) का ब्यानरहरू देखिन थालेका छन् भने अनलाइन E-commerce (ई-कमर्स) वेबसाइटहरूले ‘अविश्वसनीय छुट’ को बाचा गर्दै ग्राहकहरूलाई आकर्षित गर्न थालिसकेका छन् । पछिल्ला केही वर्षदेखि नोभेम्बर […]

लन्डन — यही नोभेम्बर १५ तारिख शनिबार, लन्डनस्थित ग्रीनफोर्ड हलमा इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड) २०२५ भव्य रूपमा आयोजना हुने भएको छ । इन्फा इभेन्ट यूकेको प्रस्तुतिमा हुन लागेको यो दोस्रो संस्करणको इन्फा अवार्ड नेपाली फिल्म तथा फिल्मकर्मीहरूको एक महाउत्सवका रूपमा मनाइनेछ । इभेन्टमा नेपाल र विदेशमा रहेर नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार, निर्देशक, […]

ललितपुर –   सेफ एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष तथा महालक्ष्मी कलिनरी आर्टस् का प्रबन्ध निर्देशक  पुष्प थापामगर  ‘फादर अफ सेफ्स’ उपाधिबाट सम्मानित  हुनुभएको छ । शनिबार महालक्ष्मी कलिनरी आर्टस् नेपालको  २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित बिशेष  कार्यक्रममा  सेफ्स एशोसिएसन अफ नेपाल र ग्रीन एग्रो नेपालको तर्फबाट थापामगरलाई  ‘फादर अफ सेफ्स’ उपाधिबाट  बिशेष सम्मान  गरिएको  हो […]