Home Login

साइप्रस — ‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ भन्ने मूल नाराका साथ साइप्रसमा सक्रिय संस्था नेपाल तामाङ घेदुङले आफ्नो ऐतिहासिक एवं मौलिक पर्व २८६२औं सोनाम ल्होछार मनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएको छ । प्रवासमा रहेर पनि आफ्नो पुर्ख्यौली धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्ने पवित्र उद्देश्यले संस्थाले यही आउँदो फेब्रुअरी ८ […]

पोल्याण्ड  — नेपाल तामाङ घेदुङ पोल्याण्डले मन्जुश्री संवत् २८६२ को पावन अवसरमा सोनाम ल्होछार विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘ता ल्हो’ अर्थात् घोडा वर्षको स्वागत गर्दै संस्थाले पोल्याण्डबासी नेपालीहरूमाझ आपसी सद्भाव र खुसी साटासाट गर्न यो वृहत् कार्यक्रम गर्न लागेको हो । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति […]

लिस्बन (पोर्चुगल) — तामाङ समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होछार मनाउनका लागि नेपालका चर्चित गायक उर्गेन दोङ र लोकप्रिय तामाङ सेलो गायिका रमला पाख्रिन युरोपेली मुलुक पोर्चुगल आइपुग्नुभएको छ । नर्वेको सांगीतिक कार्यक्रम सकेर कलाकारद्वय आज बुधबार पोर्चुगल अवतरण गर्नुभएको हो । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको निमन्त्रणामा उहाँहरू यहाँ आयोजना हुन लागेको विशेष सांगीतिक […]

लिस्बन (पोर्चुगल)  — नेपाली महिलाहरूको हकहित संरक्षण, सामाजिक एकता र सशक्तीकरणको मूल उद्देश्य बोकेर पोर्चुगलमा सक्रिय सामाजिक संस्था ‘नेप्लिज वोमन एसोशियसन पोर्चुगल’ को पाँचौं अधिवेशन आइतबार लिस्बनमा भव्यताका साथ सम्पन्न भएको छ । प्रवासमा रहेका नेपाली महिलाहरूलाई एकताबद्ध बनाउँदै आएको यस संस्थाले अधिवेशन मार्फत आगामी कार्यकालका लागि नयाँ र जुझारु नेतृत्व समेत सर्वसम्मत रूपमा चयन […]

पोर्चुगल (लिस्बन) — नेपाली महिलाहरूको हकहित र सशक्तीकरणका लागि पोर्चुगलमा सक्रिय संस्था ‘नेप्लिज वोमन एसोशियसन पोर्चुगल’ को पाँचौं अधिवेशन आगामी फेब्रुअरी १ तारिख, आइतबारका दिन आयोजना हुने भएको छ । यसअघि जनवरी ४ का लागि तय गरिएको यो अधिवेशन विविध प्राविधिक कारणवश स्थगित हुन पुगेको थियो । संस्थाले लामो प्रतीक्षापछि नयाँ मिति तय गर्दै आफ्ना […]

लिस्बन (पोर्चुगल) — “तामाङ जातिको भाषा, धर्म र संस्कृतिको संरक्षण गरौँ” भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार (सर्प वर्ष) आइतबार लिस्बनमा भव्य रूपमा मनाइएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पोर्चुगलभर छरिएर रहेका नेपालीहरूको बाक्लो […]

लिस्बन (पोर्चुगल) — तामाङ समुदायको महान् तथा ऐतिहासिक सांस्कृतिक पर्व सोनाम ल्होछारको पावन अवसरमा पोर्चुगलको राजधानी लिस्बन, नेपाली मौलिक कला र संस्कृतिको रङ्गीन उत्सवमा झुम्न तयार भएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा हुन गइरहेको ऐतिहासिक एवं बृहत सांस्कृतिक कार्यक्रमको तयारी अब अन्तिम चरणमा पुगेको छ । प्रवासको व्यस्त जीवनका बाबजुद पनि आफ्नो […]

साइप्रस — ‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै साइप्रसमा स्थापनाकालदेखि नै सक्रिय रहेको संस्था ‘नेपाल तामाङ घेदुङ साइप्रस’ ले तामाङ समुदायको ऐतिहासिक एवं मौलिक पर्व सोनाम ल्होछार यस वर्ष भव्यताका साथ मनाउने भएको छ । प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले संस्थाले यही […]

सुमन अधिकारी । मदेइरा (पोर्चुगल) — तामाङ समुदायको मौलिक पहिचान, भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पोर्चुगलको पर्यटकीय टापु मदेइरामा ‘मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ग)’ को उपलक्ष्यमा सोनाम ल्होछार विशेष वृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रवासमा रहेर पनि आफ्नो परम्परा र पुर्खाको गौरवलाई जीवन्त राख्न मदेइरामा रहेका […]

म्याड्रिड (स्पेन) — तामाङ समुदायको मौलिक पर्व, पहिचान, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार विशेष वृहत् सांस्कृतिक कार्यक्रम स्पेनमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । नेपाल तामाङ एकता समाज स्पेन को आयोजनामा सम्पन्न उक्त कार्यक्रम समाजका अध्यक्ष पान बहादुर […]