Home Login

काठमाडौँ । डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ ‘डिम्यान’ गठन गरेका छन् । आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिक रूपमा डिम्यानम घोषणा गरिएको हो । केही दिनअघि दर्ता भएको अलाएन्सले अध्यक्ष मोहराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो । अलायन्सले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सूचना तथा समाचार […]

काठमाडौं , फागुन २५ — इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई पराजित गरेको छ।  गएराति सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। १-० ले पछि परेको लिभरपुलले कमब्याक गर्दै खेल जितेको थियो। लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए। त्यसैगरी साउथहम्पटनका लागि विल स्मालबोनले एक […]

काठमाडौं — नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् (ब्युटीसियन) सुष्मा महरा सम्मानित हुनुभएको छ । फेसियल हाउस सञ्चालन गरी मुलुकमा रोजगारी सृजनाका साथै करमार्फत राज्यलाई अर्थतन्त्रमा टेवा पु¥याउन गर्नुभएको योगदानको कदर गर्दै गृहिणी महिला संघ नेपालले उहाँलाई सम्मान गरेको हो । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा संघले आज काठमाडौंमा आयोजना […]

माल्टा — फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको माल्टास्थित इडेन सिनेमासमा मार्च १५ तारीख प्रदर्शन हुने भएको छ। होस्टेलमा बसोबास गर्ने केही पात्रको नोकझोंक, संवेदना र रोमान्सका क्षणमा आधारित कथावस्तुमा निर्माण भएको चलचित्र युरोपको माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शनमा ल्याउन लागेको यस चलचित्र शनिबार राति १०:४५ बजेबाट प्रदर्शन हुने मग्वार्ट प्रोडक्सनका […]

पुस्तक रेग्मी । पोर्चुगल — नेपाली चलचित्र ‘लाज शरणम्’ युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन हुने भएको छ। आउँदो मार्च ९ तारिखदेखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुन लागेको हो। नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले […]

काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो। यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो। त्यस्तै नेपाल एयरलाइन्सका […]

युरोप — गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ आज सार्वजनिक भएको छ। फोरबी इन्टरटेन्मेन्ट प्रस्तुति रहेको गीतमा गायक सिवाकोटीलाई गायिका रेसु स्याङ्दानले साथ दिएकी छिन्। लामो समयदेखि युरोपमा बस्दै आएका गायक सिवाकोटीको स्वर रहेको गीत ‘सुस्तरी सुस्तरी’ मा सरोज पोखरेलको संगीत र क्षितिज सापकोटाको शब्द रहेको छ। त्यसैगरी देवेस राईले गीतलाई एरेन्ज गरेका हुन् […]

बेलायत — विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा आबद्ध रहेर आफ्नो देशभन्दा पर पुगेर पनि स्वदेशमै भएझै गीत संगीतलाई माया गर्ने परदेशी गायक नवराज पाण्डेले लामो समयको अन्तरालपछि चार दिन अगाडि  आँसु उपहार गीत सार्वजनिक गरेका छन्। गायक पाण्डेलाई यस गीतमा भने चर्चित गायिका पछिल्लो समय बेलायतलाई कर्मथलो बनाउँदै आएकी लक्ष्मी खड्काले साथ दिएकी छिन्। गायिका […]

काठमाडौं —  अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ फूलपातीमा रिलिज हुने निर्माण सन्तोष सेनले घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै उनले रिलिज डेट घोषणा गरेका हुन्। ‘हाल बलिदानुको सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौं। चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म […]

रासस — गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न महोत्सवमा प्रस्तुति दिए । फागुन लागेसँगै साङ्गीतिक कार्यक्रमका लागि युयई पुगेका उनलाई त्यहाँबाट फर्केपछि पनि मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ छ । मङ्गलबार कैलालीको सुखडमा आयोजित ‘दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव’मा प्रस्तुति दिएका थापा बुधबार चितवनको गड्यौली महोत्सव पुग्दै छन् । यही बेला […]