

पोर्चुगल — ढुक्क इभेन्ट र स्पोर्ट्स भिजन एफसीको संयुक्त आयोजनामा हुन गइरहेको सांगीतिक प्रस्तुति दिन गायक यम बराल आइतबार पोर्चुगल आइपुग्नुभएको छ ।
सोमबार ७ तारिख राजधानी लिस्बनको “रिपब्लिका दा म्यूजिका” मा हुने विशेष कन्सर्टका लागि गायक यम बराल आइतबार पोर्चुगल आएका हुन् । गायक बराल सँगै पछिल्लो समयको चर्चित नेपाली र्यापर नोबल बस्नेत (जेम्सी) को समेत प्रस्तुति रहने भएको छ ।
ढुक्क इभेन्ट र स्पोर्ट्स भिजन एफसीको पहिलोपटक संयुक्त रुपमा हुन लागेको कार्यक्रममा रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका नेपालीहरूलाई नेपाली ‘नयाँ वर्ष २०८२’ लाई मध्यनजर गर्दै गरेको उक्त कार्यक्रममा बाक्लो नेपालीहरूको उपस्थिति रहने आयोजकले बताए ।
‘मायाँ बस्यो मुटुमा’ र ‘यो नेपाली शिर उचाली’ जस्ता थुप्रै गीतका गायक हुन् यम बराल, पछिल्लो समय निकै चर्चामा रहेका गायक बराल पोर्चुगल लगायत युरोपको विभिन्न देशहरूमा समेत सांगीतिक प्रस्तुति रहने भएको छ । चर्चित नेपाली र्यापर नोबल बस्नेत (जेम्सी) को पनि पोर्चुगल लगायत युरोपको विभिन्न देशहरूमा प्रस्तुति रहने भएको छ ।
पहिलो पटक सांगीतिक कार्यक्रमका लागि युरोप यात्रामा निस्केका गायक यम बराल र नेपाली र्यापर नोबल बस्नेत (जेम्सी) ले युरोपमा रहेका नेपालीहरूलाई नचाउने भएका हुन् ।
अप्रिल ७ सोमबार हुने कार्यक्रमका लागि आयोजकले टिकटको मूल्य अग्रिम खरिदमा २५ युरो र स्थलमै खरिद गर्दा ३५ युरो तोकिएको छ । कार्यक्रम बेलुका १० बजेदेखि बिहान ४ बजेसम्म हुने भएको हो ।
पोर्चुगलको राजधानी लिस्बन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार गायक यम बराललाई स्वागत गर्नको लागि ढुक्क इभेन्ट र स्पोर्ट्स भिजन एफसीको टिम विमानस्थलमा पुगेका थिए। लिस्बनको अन्तर्राष्ट्रिय विमानस्थलबाट गायक बरालले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूलाई कार्यक्रमका लागि निमन्त्रण समेत गरेका थिए ।
उक्त कार्यक्रममा पोर्चुगलमा रहेका स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने भएको छ ।