रोचक

सङघर्षको यात्रा हो, जिवन !

मिना कटुवाल (धरान) —

सङघर्ष एउटा यात्रा हो, यो यात्रा यस्तो यात्रा हो जुन यात्रामा कहिले पनि दुख बिसाउने चौतारी भेटिदैन , साङघर्षिक जिवनमा विभिन्न बाधाअड्चन,उतारचढावहरु धेरै हुन्छन तर पनि जिन्दगी अगाडि बढाउनका निमित्त जतिसुकै ठुलो बज्रपात परेपनि हृदयलाई समाल्दै अनुहारमा मिठो चमकता लिएर बाध्यता विवश आफुभित्र लुकाउदै जिन्दगीको यात्रालाई अझै बलियो र दृढसंकल्प लिएर नयाँ नयाँ सपनालाई आफ्नो भावानात्मक भित्री मन सग मिठो सल्लाह गर्ने जिवन आफ्नो भोगाइ सङघर्षको पाठलाई सिक्दै आफ्नो समय र परिस्थिती परिबेशलाई निहाल्दै गरिने यात्रा नै जिवनको सबैभन्दा लामो अनि सङ्घर्षमय यात्रा हो ।

यो यात्रा एउटा यस्तो यात्रा हो जुन यात्राले हामीलाई प्रत्येक सेकेन्ड, मिनेट,घण्टा, दिन ,महिना र बर्ष गर्दै हरेक समय केही न केही ज्ञानगुणका कुराहरु अवगत गराइरहेको हुन्छ तर हामी यस्ता कुराहरुलाइ ब्यवस्ता गरेर हिडने बानी गर्छौ, जसको कारणले गर्दा हामी कति बेला गलत बाटोमा तिर मोडिन्छौ पत्तै पाउदैनौ ।

अरुका लागि आफ्नो हासो गुमाउनु,अरुका निम्ति आफ्नो आँखा भिजाउनु जिबन होइन रहेछ यहा जती नै मरिहत्ते गरे नि अन्त्यमा एक्लै हुने तपाई स्वयंम् म नै हुनेरहेछ ।

आफ्नो जिवनलाई नियाल्न सिकौ, बुझ्ने कोशिस गरौ सङ्घर्ष निकै कम गरियो होला जिवनमा र आउने दिनमा नि तर अन्तिममा बिलिन हुने आफू सग नै हो ।

खोइ यो जिवनको यात्रा किन यति बढि छट्पटिएको हो किन चाहिने नचाहिने कुराहरुको घेराबन्दि मा परिएको हो आफू सग प्रश्न गर्दा गर्दे जिवनको यात्रा यहा सम्म आइपुगेछ कि कुनै संखा, उपसंखा नभई यो  यात्राको गन्तब्य यसैगरी मोडिई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *