Home Login

पोर्चुगल — शुक्रबार स्वर्गीय यमबहादुर राना मगरप्रति श्रद्धाञ्जली कार्यक्रम सम्मानपूर्वक सम्पन्न भएको छ । कार्यक्रममा एनआरएनए पोर्चुगलका आईसीसी सदस्य, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सदस्यहरू, विभिन्न समाजका प्रतिनिधिहरू को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सम्पन्नलगत्तै स्वर्गीय राना मगरको पार्थिव शरीर नेपाल पठाउने तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको छ । फ्युनरल सर्विसका अनुसार […]

पोर्चुगल — नेकपा पोर्चुगलको कार्यसमिति सचिवालय सदस्य, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलका सल्लाहकार तथा हाल नेपाली जनप्रगतिशील मञ्च यूरोपका सदस्य रहेका प्रेमचन्द्र भण्डारीको शवको अन्त्येष्टि पोर्चुगलमा सम्पन्न गरिएको छ । कार्यक्रम अत्यन्तै सामान्य र शालीन औपचारिकताका साथ सम्पन्न गरिएको थियो । अन्त्येष्टि कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी शान्ता थापाले महाप्रस्थानका बेला तीनपटक ‘ॐकार’ उच्चारण गर्दै दिवंगत […]

हेलसिन्की (फिनल्यान्ड) — युरोपेली मुलुक फिनल्यान्डमा बसोबास गर्दै आएकी एक नेपाली युवती, रीजा कडेलले, आफ्नै बुबा माथि गम्भीर यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । न्यायको खोजीमा निस्केको एक वर्ष पूरा भएको सन्दर्भमा, उनले आफ्नो पीडादायी संघर्ष, सांस्कृतिक चुनौती र वर्तमानको सशक्त यात्राबारे खुलासा गरेकी हुन् । रीजाले आफ्नो एक वर्ष लामो न्यायको लडाइँलाई फर्केर हेर्दै […]

रोमानिया —  रोजगारीको सिलसिलामा रोमानियामा रहेका बेला दुई छुट्टाछुट्टै दुःखद घटनामा ज्यान गुमाएका तीन जना नेपालीको शव नेपाल पठाइएको छ । पूर्व अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा बिहीबार टर्किश एयरलाइन्सको जहाजमार्फत पठाइएको शव आइतबार बिहान काठमाडौं आइपुग्ने भएको छ । मृत्यु हुनेहरूमा गत सेप्टेम्बर २२ मा रोमानियाको प्राहोभास्थित एक होटलमा भएको भीषण आगलागीमा परी […]

साइप्रस – सारा विश्वभरका नेपालीहरू हर्षोल्लासका साथ महान चाड विजयादशमी मनाइरहँदा साइप्रसबाट एक अत्यन्त दुःखद खबर बाहिरिएको छ । साइप्रसको लिमासोल शहरमा कार्यरत एक नेपाली युवतीले दशैंको टीकाकै दिन आत्महत्या गरेकी छिन् । यो अकल्पनीय घटनाले साइप्रसमा रहेको सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध र मर्माहत बनाएको छ । गत अक्टोबर २ तारिख, बिहीबारका दिन, जुन दिन […]

अमित भट्ट । धादिङ — गङ्गा जमुना गाउँपालिका–६ अन्तर्गतको बसेरी स्वास्थ्य चौकीमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय फुलखर्क कल्याणकारी समाजको आयोजनामा र आई क्याम्प फर चितवन तथा सपोर्ट एण्ड केयर रिहाबिलिटेशन सेन्टरको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो । बसेरीमा सम्पन्न पहिलो चरणको शिविरमा करिब ३ सय जनाले आँखा परीक्षण तथा […]

साइप्रस (निकोसिया) — भूमध्यसागरको सुन्दर टापु साइप्रसले आउँदो सप्ताहन्तमा गर्मीको चर्को अनुभव गर्ने भएको छ । शुक्रबारदेखि तापक्रममा उल्लेख्य वृद्धि भई ३८ डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय अनलाइन पत्रिका ‘in-cyprus’ ले प्रकाशित गरेअनुसार, विशेषगरी भित्री इलाकाहरूमा गर्मीको प्रभाव सबैभन्दा बढी देखिनेछ । शुक्रबारको मौसम : शुक्रबार दिनभर मौसम सामान्यतया सफा […]

ओस्लो, नर्वे —  स्याङ्जा जिल्ला, कालिगण्डकी गाउँपालिका वडा नं. ३, विर्घा भुष्टुङ गाउँका विष्णु प्रसाद पाण्डेको नर्वेको राजधानी ओस्लोस्थित कालबक्केन क्षेत्रमा भएको एक सडक दुर्घटनामा परी दुःखद निधन भएको छ । पारिवारिक स्रोतका अनुसार, परिवारजनको इच्छाबमोजिम दिवङ्गत पाण्डेको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि स्वदेश नेपाल लैजाने तयारी गरिएको छ । यसका लागि लाग्ने अनुमानित खर्च […]

जसमान दर्नाल जिवन, क्रोएसिया — आकस्मिक दुर्घटनामा परेर १५ दिन अघि मृत्यु भएका राप्ती नगरपालिका ४ चितवनका २७ वर्षीय नेपाली युवा राम कृष्ण श्रेष्ठको शव शुक्रबार नेपाल पठाइएको छ । एक वायर हाउसको काममा वर्ष दिन अघि १३ लाख खर्चिएर रोजगारीको लागि युरोपेली देस क्रोसिया आएका मृतक श्रेश्ठ यहि अगस्ट १५ तारिकका दिन आफ्नो नियमिती […]

स्पेन । स्पेनको आल्वासेते स्थितवा लारोदामा दुर्घटनामा परि दुई नेपाली घाइते भएका छन् । खेतीको काम सकेर फर्किने क्रममा अनियन्त्रित भएको गाडी एक्कासी पहाडको भित्तामा ठोकिन पुगेको थियो । गाडीमा रहेका एक नेपालीको टाउकोमा गम्भीर चोट लागेको छ भने अर्की एक महिला सामान्य घाइते भएकी छन् । गाडीमा अन्य ६ जना नेपाली समेत थिए । […]