नर्वे — नर्वेलाई कर्मथलो बनाएका योगेश भट्टको पहलमा पदम सिंह खाती ज्यूको क्यान्सर उपचारका लागि नर्वेमा आर्थिक सहयोग संकलन कार्य जारी रहेको छ ।
हालसम्म ४३ जना सहयोगी मनहरूबाट जम्मा ९,१०१ नर्वेजियन क्रोनर (kr) संकलन भइसकेको जानकारी प्राप्त भएको छ ।
हेल्प नेटवर्क RSP-PNSBN संस्थाको फेसबुक ग्रुपमार्फत पनि उल्लेख्य आर्थिक सहयोग जुटाइएको योगेश भट्टले जानकारी दिएका छन् । उनले यस महान् कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरू तथा सहयोग संकलनका लागि प्लेटफर्म उपलब्ध गराइदिने PNSB Norway प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
सहयोगीहरूको माया, साथ र सहयोगले उपचार प्रक्रियामा ठूलो हौसला मिलेको जनाइएको छ । उपचार अत्यन्तै जरुरी रहेकाले संकलित रकम आउँदो आइतबार वा सोमबार पठाउने तयारी गरिएको छ । यद्यपि थप २–३ दिन समय दिँदा अझै केही रकम संकलन हुनसक्ने आशामा केही समय प्रतीक्षा गर्ने निर्णय गरिएको छ ।
यस पुण्य कार्यमा अझै सहयोग गर्न चाहनु हुने महानुभावहरूबाट थप सहयोगको अपेक्षा गरिएको छ ।Vipps मार्फत रकम पठाउँदा Message/Kommentar मा “Help for Padam” लेखिदिन अनुरोध गरिएको छ ।
हेल्प नेटवर्क RSP-PNSBN समूह PNSB Norway द्वारा सञ्चालन गरिएको प्लेटफर्म हो, जसको मुख्य उद्देश्य नर्वेमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सहयोग तथा सहयोग प्राप्त गर्ने वातावरण निर्माण गर्नु हो ।





